दिनेश त्रिपाठीः अपहरण एउटा गम्भिर प्रकतिको अपराध हो । मुलुकि अपराध सहिताको दफा २११(२)(क) ले यसको परिभाषा दिएको छ । जस अनुसार ( कुनै ब्यक्तिलाइ बल प्रयोग गरि वा सो प्रयोग गर्ने धम्कि दिएर, छलकपट गरि वा डर त्रासमा पारि, जोर जुलुममा पारि हाथतियार देखाइ वा नदेखाइ वा झुक्यानमा पारि …………कुनै किसिमले नियन्त्रण गरि निजलाइ कुनै ठाउमा लगेमा वा जान बाध्य गराएमा भनि परिभाषा गरेको छ ।
यो परिभाषा अनुसार सासद सुरेन्द्र यादवलाइ निजको वासस्थान बाट काठमाडौ ल्याइएको कुरा स्पस्ट रुपमा अपहरणको परिभाषा भित्र पर्द्छ । तसर्थ यस कार्यमा सलग्न सबैलाइ तत्काल कानुनको दायरामा ल्याउनु जरुरि छ । यस्तो गम्भिर अपराधमा कसैले कुनै उन्मुक्ति पाउनु हुदैन । यस्तो किसिमको कार्यमा राज्य सन्यन्त्र सलग्न हुनु चिन्ताको बिषय हो । सासद यादवले आफुमाथि घटेको समग्र घट्नाको बर्णन गरेका छन् । जसमा उनले बिच बाटोबाट प्रधानमन्त्रिसग टेलिफोन मार्फत कुरा गराइको तथ्य समेत प्रकट गरेका छन् ।
यस तथ्यबाट यस अपराधिक कार्यमा प्रधानमन्त्रि कार्यालय मात्र नभएर प्रधानमन्त्रि स्वयमको पनि प्रत्यक्ष संलग्नता देखिन्छ । यस्तो अनैतिक एव अपराधिक कार्यमा प्रधानमन्त्रि स्वयमको सम्लग्नता हुनु लोकतन्त्रको लागि गम्भिर खतरा हो । सम्बिधान तथा लोकतन्त्रमाथि घात गर्ने, राजनैतिक दलको तोड्फोड जस्तो बेइमानिपुर्ण कार्यमा सक्रिय सहभागि हुनुका साथै सासद समेतको अपहरण जस्तो अपराधिक कार्य सहभागि हुने ब्यक्ति मुलुकको प्रधान्मन्त्रिको पदमा कायम रहनु सम्बिधान्, लोकतन्त्र एव रास्ट्रिय हितका लागि गम्भिर खतरा हो । यस्तो स्थितिमा उहाँँ पदमा रहिरहनु कुनै पनि अवस्थामा उचित भन्न मिल्दैन । (वरिष्ठ अधिवक्ता त्रिपाठीको यो व्यक्तिगत विचार हो)