Logo

ब्राजिलमा मरेका मान्छे व्यवस्थापन गर्ने ठाउँ नभएपछि सामूहिक चिहान बनाउन थालियो



१३ वैशाख : बीबीसी हीन्दीका अनुसार दक्षिण र मध्य अमेरिकामा, कोरोना भाइरसको कारण, सङ्कट अझ गम्भीर हुँदै गइरहेको छ। ब्राजिलको सार्वजनिक स्वास्थ्य प्रणाली पतनको कगारमा छ।

अब ब्राजिलको मानौस सहरका अधिकारीहरूले भनेका छन् कि चिहानमा सामूहिक चिहानहरूको अवस्था सिर्जना गरिएको छ। कब्र खन्नेहरूले एक दिनमा १०० शवहरू गाड्नु परिरहेको छ।

कोरोना भाइरस सङ्क्रमण पछि मृत शरीर तीन गुणाले वृद्धि भएको छ। स्वास्थ्य मन्त्रालयले अहिलेसम्म करिब ५३ हजार कोरोना सङ्क्रमित र ३६ सयको मृत्युको पुष्टि गरेको छ। विज्ञहरू भन्छन् कि कम परीक्षणको मतलब सङ्क्रमणको वास्तविक सङ्ख्या धेरै बढी हुन्छ।मेरोलागानी



प्रतिक्रिया दिनुहोस्

Screenshot