Logo

चीनद्धारा कोरोना उत्पत्तिबारे स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान अस्वीकार



एजेन्सी, १३ वैशाख । चीनमा पहिलोपटक देखापरेको कोरोना भाइरसको उत्पत्तिबारे विभिन्न शंका उपशंका भइरहेको छ । पश्चिमा देशहरुले कोरोना भाइरस उत्पत्तिबारे विभिन्न प्रश्न उठाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसमा अमेरिकी रिसर्च टोलीलाई चीन पठाउने प्रस्ताव गरेको खुलाए । अष्ट्रेलियाले पनि चीनले यसबारे प्रष्ट पार्नुपर्ने र अनुसन्धान आवश्यक रहेको बतायो ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अर्को महिना हुने विश्व स्वास्थ्य सम्मेलनमा स्वतन्त्र अनुसन्धानका लागि विषय उठाउने सार्वजनिक रुपमा बोलिसकेका छन् । उनले बिहिबार यस्तो धारणा बाहिर ल्याएका छन् । यसले कोरोना भाइरस उत्पत्तिबारे अनुसन्धानको प्रस्ताव पेचिलो हुने देखिएको छ ।

तर, चीनले अन्तर्राष्ट्रिय दबाबका बाबजुद कोरोना भाइरसको उत्पत्तिबारे स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान अस्वीकार गरेको छ । बीबीसीका अनुसार चिनियाँ उच्च कुटनीतिज्ञ चेन वेनले यस्तो मागलाई राजनीतिक रुपमा प्रेरित भनेकी छिछन् । यसले चीनलाई कोभिड-१९ विरुद्धका लडाईंबाट अन्यत्र ध्यान मोड्न खोजेको तर्क गरिन् । उनको भनाई उदृत गर्दै बीबीसीले लेखेको छ, ‘स्वतन्त्र जाँचबुझ राजनीतिक रुपमा प्रेरित छ ।’

उनले आफूहरुको ध्यान सबै कोरोना भाइरविरुद्धको लडाईंमा खिचिएको स्पष्ट पारिन् । उनले यसमा कोही पनि सहमत हुन नसक्ने बताइन् । अहिले भइरहेका हल्लालाई कोरोना भाइरसभन्दा पनि डरलाग्दो राजनीतिक भाइरसको संज्ञा दिइन् ।

कोरोना भाइरस वुआन प्रान्तको जंगली जनावरको मासु बेच्ने बजारबाट फैलिएको आशंका छ । कतिपयले चीनको वुआन स्थित प्रयोगशालाबाट फैलिएको आशंका गरेका छन् । यसमा विभिन्न षड्यन्त्रको आशंकाहरु गरिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot