Logo

प्रधानमन्त्री ओलीद्धारा प्रचण्ड, माधव नेपाल, वामदेव र विष्णु पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता



काठमाडौं, १३ बैशाख । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीको अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । अध्यादेश फिर्ता लिएपछि प्रधानमन्त्री ओलीमाथि पार्टीको स्थायी कमिटी बैठक बोलाउन दबाब बढेको भेलामा आज चार जना सचिवालय सदस्यसँग उनले छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।

नेकपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले आज सबैभन्दा पहिले अर्का अध्यक्ष दाहालसँग करिब ४५ मिनेट एक्लाएक्लै भेटवार्ता गरेका थिए । त्यसलगत्तै उनले बरिष्ठ नेता नेपाल, उपाध्यक्ष गौतम र महासचिव पौडेलसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । चार जना नेताहरुसँग बेग्लाबेग्लै भेटवार्ता गरेका ओलीले के कुरा गरे ? भन्ने अहिलेसम्म बाहिर आएको छैन् । तर, अध्यादेश खारेज भएपछिको पछिल्लो राजनीतिक परिस्थितिबारे उनीहरुबीच कुराकानी भएको हुनसक्ने आँकलन गरिएको छ ।

अध्यादेश ल्याउनेबित्तिकै दाहाल नेपाल पक्षधर २० जना स्थायी समिति सदस्यहरुले बैठक बोलाउन माग गरेका थिए । उनीहरुले संयुक्त हस्ताक्षर गरेर तत्काल स्थायी कमिटी बैठक बोलाउन दबाब दिएका हुन् । प्रधानमन्त्री ओलीले गम्भिर भूल गरेको उनीहरुको ठम्याई छ । FILE PHOTO



प्रतिक्रिया दिनुहोस्