Logo

सबै उडान जेठ २ सम्म रोक्ने प्रस्ताव, लकडाउनबारे मन्त्रिपरिषद्ले निर्णय गर्ने



काठमाडौं, १४ वैशाख । कोरोना रोकथाम उच्च स्तरिय समितीको बैठकले कोरानो रोकथाममा भएको कार्यहरु प्रभावकारी रुपमा अघि बढेको विश्लेषण गरेको छ ।

शनिबार बसेको उच्च स्तरीय समितिको २१ औं बैठकले कोरोना रोकथाममा भैरहेका कार्यहरुलाई निरन्तरता दिने बिषयमा भोलिको मन्त्री परिषद्को बैठकमा छलफल गर्न केही प्रस्ताव समेत पेश गर्ने निर्णय गरेको छ ।

उच्च स्तरिय समितिका सदस्य तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले २१ औं बैठकबाट आगामी मे सम्म आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान रद्ध गर्ने प्रस्ताव मन्त्री परिषद्को बैठकमा पेश गर्ने छलफल भएको बताएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot