काठमाडौं, बैशाख १४ । बन्दाबन्दीका कारण घरमै बस्नुपर्ने बाध्यताका कारण इन्टरनेटको प्रयोग उच्च छ । कतिसम्म भने नेपालीले दैनिक १२ घन्टासम्म इन्टरनेटमा बिताउने गरेको पाइएको छ ।बन्दाबन्दीको समयमा इन्टरनेटको प्रयोग सम्बन्धमा चाइल्ड सेफ नेटले गरेको हालैको सर्वेक्षणले यस्तो देखाएको हो ।
सबै प्रदेशलाई समेट्ने गरी वैशाख ५ गतेदेखि ९ गतेसम्म गरिएको उक्त सर्वेक्षणमा एक हजार २२८ जना सहभागी थिए । सहभागीमध्ये १५।२३ प्रतिशतले १२ घन्टासम्म इन्टरनेट प्रयोग गर्ने पाइएको हो । १२ घन्टाभन्दा बढी इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या ८।६३ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ ।
बन्दाबन्दीपूर्व १२ घन्टासम्म इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या केवल ४।५६ प्रतिशत मात्र थियो । गोरखापत्र दैनिकबाट