Logo

ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवैबाट हट्न भनिएको झलनाथ खनालको खुलासा



काठमाडौं, १४ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हट्न भनिएको खुलासा गरेका छन् । ओलीले पटक पटक गल्ती गर्दा सचेत गराउँदा पनि बेवास्ता गरेको भन्दै नेकपा अध्यक्ष र प्रधानमन्त्रीबाट हट्न भनिएको बताएका हुन् ।

‘ओली कमरेडलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट हट्न भनिएको छ,’ पूर्व प्रधानमन्त्री समेत रहेका खनालले ऋषि धमलासँगको कुराकानीमा भने, ‘अब पार्टी र सरकार नयाँ ढंगले बढ्नुपर्ने अवस्था आएको छ ।’ खनालले ओलीबाट धेरै गल्ती भएको र पार्टीको निर्णयलाई बेवास्ता गरेको आरोप लगाए ।

नेकपाभित्र खनाल लामो समययता ओलीलाई सचेत गराउने नेतामध्ये पर्छन् । उनी पछिल्लो समय ओलीका कटु आलोचक थिए ।

यसअघि हिजो उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री ओलीलाई पदबाट हटेर बालकोटमा आराम गर्न चेतावनी दिएका थिए । बालुवाटारमा भएको दुई नेताको भेटमा चर्काचर्की भएको थियो ।

नेकपाभित्र ओलीविरुद्ध बाँकी शक्तिशाली नेताहरु एकजुट भएपछि सत्ता संकट बढेको छ । ओली तत्काल राजीनामा दिने पक्षमा छैनन् । उनी त्यसको सामना गर्न तयार भइरहेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्