Logo

१५ दिन भित्र स्थायी कमिटीको बैठक नबोलाए प्रधानमन्त्री ओलिविरुद्ध कठोर कदम चाल्ने चेतावनी



काठमाठौं, बैशाख १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले अवको १५ दिन भित्र स्थायी कमिटीको बैठक नबोलाए उनीविरुद्ध कठोर कदम चालिने चेतावनी आएको छ । नेकपाका स्थायी कमिटी सदस्य बेदुराम भुसालले उक्त कठोर कदम चालिने चेतावनी दिएका हुन। उनले पार्टीमा दुई अध्यक्ष रहेकाले प्रधानमन्त्रीले नबोलाउने भए कार्यकारी अध्यक्षले तत्काल बैठक बोलाउनुपर्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्ककको नेपाली बहशमा पत्रकार ऋषि धमलासंग कुरागर्दै भुसालले पार्टीको विधान अनुसार पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले माग भएको १५ दिनभित्र बैठक बोलाउनुपर्ने भन्दै बैठक चाहिँदैन भन्ने अधिकार दुवै अध्यक्षलाई नभएको बताए । पार्टीले बैठक बोलाउ भनेपछि त्यसको जिम्मेवारी पदमा बसेको व्यक्तिले मनपरी गर्न नपाउने भुसालको भनाई रहेको छ ।

उनले पार्टीको विधान अनुसार बैठक बैठक बोलाउनुपर्ने र नबोलाए अर्को अध्यक्षले तत्काल बोलाउनुपर्ने भन्दै यसैका लागि पार्टीमा एउटा अध्यक्षलाई सरकार चलाउने र अर्को अध्यक्षलाई पार्टी चलाउने जिम्मा दिएको दावी गरेका छन् । भुसालले स्थायी कमिटीका प्राय सदस्यले सरकार र पार्टीका विषयमा छलफल आवस्यक भएर बैठक बोलाउन माग गर्दा नबोलाउने हो भने पार्टीमा दुर्व अध्यक्षको केही काम नहुँने समेत ठोकुवा गरे ।
‘ोलीले अहिले उठेका विषयहरुको बैठकमा सवै सदस्यहरुलाई स्पस्ट पार्नुपर्छ । गल्ती गरेर भाग्ने, जोगिन खोज्ने र पार्टीलाई बर्बाद बनाउने अधिकार ओलीलाई नभएको भन्दै बैठकले जे निर्णय गर्छ त्यो प्रधानमन्त्रीले मान्नुपर्ने उनको धारणा रहेको छ । ‘प्रधानमन्त्री हटाउने र मलाई कसरी हटाउने भन्ने कुरा सडकमा हैन बैठकमा हुन्छ । प्रधानमन्त्रीले बालुवाटारमा नेता बोलाएर कुरा गर्ने हैन ।’ उनले भने ‘धुम्बाराहीमा आएर भन्नुपर्यो । सरकार र उनी पार्टीको निर्णय अनुसार चलेका छैनन् ।’



प्रतिक्रिया दिनुहोस्