Logo

अब साउदीमा कोर्रा हान्न बन्द



एजेन्सी, १४ वैशाख । साउदीमा कोर्रा हान्न बन्द हुने भएको छ । साउदी अरबमा सरकारद्वारा सजाय पाउने व्यक्तिलाई कुटपीट नगर्न साउदी सर्वोच्च अदालतले आदेश दिएको छ । निरंकुश शासकीय प्रणालीबाट चल्ने साउदी अरबको सर्वोच्च अदालतले मानव अधिकारको नियमलाई मध्येनजर राखी कुटपीट अन्त्य गर्ने निर्णय लिएको हो ।

सजाए पाउने व्यक्तिलाई कुटपीट अन्तय गरी कानुन अनुसारको सजाय अथवा जरीवानाको व्यवस्था मिलाउने सर्वोच्चले आदेश जारी गरेको छ । साउदीका राजा सलमान र उनको छोराको आदेशमा उक्त निर्णयलाई मान्यता दिइएको जनाइएको छ । साउदीमा मानव अधिकार सुधारको विकास गर्ने व्यवस्थाको निर्णय लिएको जनाइएको छ ।

विगमा कुटपीट गरी हत्या गर्ने प्रावधानका कारण साउदीले निकै आलोचना भोग्दै आएको थियो । साउदी अरेवीयाले मानव अधिकारको विचारधारालाई सधै उलंघन गर्दै आएको थियो । त्याहाँका वासिन्दाहरुले सरकारको आलोचना गरेमा कुटपीटको शिकार हुने गर्दथ्यो ।
सन् २०१५ मा सडकमा आएर इस्लामको आलोचना गर्ने एक व्लगरलाई सरकारले सार्वजनिक स्थलमा उनलाई कुटपीट गर्दा सो व्यवस्थाको अन्तय गर्ने विषय उजागर भएको थियो । सजायको रुपमा उनलाई प्रत्येक हप्ता करिब १००० कोर्रा हिर्काउने निर्णय गरिएको थियो । तर, विश्वव्यापी रुपमा ब्लगरको खबरले तरंङ पैदा गरेपछि उनको सजाय रोकिएको थियो । उक्त निर्णयले साउदीका छवि समेत खराब भएको थियो ।

मानवीय यतना सहनु पर्ने देशमा तत्काल सर्वोच्चद्वारा जारी गरिएको पुरानो व्यवस्था अन्त्य हुने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्