Logo

लकडाउनबारे मन्त्रिपरिषद्को बैठक २ बजे बस्ने



काठमाडौँ १४ वैशाख :लकडाउनबारे निर्णय गर्न आइतबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । जारी लकडाउन लम्ब्याउने वा खुकुलो बनाउने भन्नेबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक दिउसो २ बजे बस्ने भएको हो ।

शुक्रबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनबारे मन्त्रिपरिषद्ले निर्णय गर्ने जनाएको थियो । समितिले ७ दिन थप्न सुझाव दिएकाे बुझिएकाे छ ।

समितिको बैठकमा लकडाउन मोडालिटीकोबारेमा भने छलफल भएको जनाएको छ । संक्रमण देखिएका र नदेखिएका क्षेत्रहरु छुट्याएर उद्योग धन्दा तथा कलकारखाना खोल्नेगरी लकडाउन खुकुलो बनाउने कि भन्ने विकल्पमा छलफल भएको समिति स्रोतले बताए ।

चैत ११ गतेदेखि सुरु भएको लकडाउन बैशाख १५ गते भोलि सकिदैछ । शुक्रबार नै बसेको समितिको बैठकले आन्तरिक र बाह्य हवाई उडान भने जेठ २ गतेसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।मेरोलगानी



प्रतिक्रिया दिनुहोस्