Logo

सरकारलाई घेराबन्दी गरी चलखेल- सुर्य थापा



काठमाडौं, १४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले सरकारलाई घेराबन्दी गरेर स्थिरताविरुद्ध चलखेल भइरहेको टिप्पणी गरेका छन् । उनले नेपाल कम्युनिस्ट भित्रको आन्तरिक द्धन्द्धतर्फ संकेत गर्दै षड्यन्त्र र छलछामहरु भइरहेको बताएका छन् ।

आज सामाजिक सञ्जार ट्वीटरमा लेख्दै पार्टी एकताका सहमतिहरु उल्लंघन भएको आरोप समेत लगाएका छन् । उनले पूर्व माओवादीतर्फ संकेत गर्दै षड्यन्त्रहरु भइरहेको आरोप लगाएका हुन् ।

हङ्ग पालिर्यामेन्टको साटो हङ्ग पार्टी भएको उनको तर्क छ । यसलाई जनमतको घोर अपमान भएको उनको भनाई छ ।

उनले गरको ट्वीटः हङ्ग पार्लियामेन्ट भयाे भनी नेपाली जनताले दुई तिहाईमा नेकपालाई जिताइदिए, हङ्ग पार्टी पाे भएछ ! भागबन्डाको दुष्परिणाम, जनमतकाे घाेर अपमान। पार्टी एकताका सहमतिहरू उल्लंघन गर्दै षड्यन्त्र र छलछामहरूकाे पराकाष्ठा । सरकारलाई घेराबन्दी गरेर स्थिरताविरूद्द जारी चलखेल ! लज्जाशरणम् !



प्रतिक्रिया दिनुहोस्