Logo

माधव निवासमा छुट्टै भेला, ओलीको विकल्प बनेर पार्टी अध्यक्षसहित प्रधानमन्त्री बन्नुपर्ने सुझाव



काठमाडौं, १४ वैशाख । नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक विवाद चुलिंदै जाँदा वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा उनी निकट नेताहरुको छुट्टै भेला भएको छ । भेलामा नेपालले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेबारे रायसल्लाह लिएका थिए ।

आगामी रणनीति तय गर्न बसेको बैठकमा अधिकांश नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प रोज्नुपर्नेमा जोड दिएको विश्वस्त स्रोतले बताएको छ । भेलामा सहभागी एक नेताका अनुसार नेपालले अब पार्टी र सरकारको बागडोर सम्हाल्ने बेला आएको निष्कर्ष समेत निकालिएको छ ।

नेपालले आफूलाई पछिल्लो समय आएको प्रस्तावहरुबारे समेत जानकारी गराएका थिए । केही नेताहरुले उनलाई पार्टी अध्यक्ष बन्नुपर्ने सुझाव दिएका थिए । केहीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैमा दाबी रहनुपर्ने भनेका थिए ।

भेलामा प्रचण्डलाई प्रधानमन्त्री बनाएर माधव नेपाल अध्यक्ष बन्ने र झलनाथ खनाललाई राष्ट्रपति बनाउनुपर्ने विषयमा पनि छलफल भएको स्रोतले बताएको छ । नेपाललाई पछिल्लो समय प्रधानमन्त्री बन्न प्रस्ताव आइरहेको चर्चा चल्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्