Logo

यी सुन्दर स्त्रीको कारण महाभारत युद्ध



सत्यवतीः महाभारतको शुरुवात राजा शान्तुनबाट भएको थियो । शान्तुनको गंगाबाट एक वीर र देवतुल्य सन्तान भिष्म थिए तर शान्तुनले आफ्नो सन्तानको भन्दा आफ्नो इच्छामा ध्यान धेरै दिएकाले सत्यवतीसँग विवाह गरे । आफ्ना पिता शान्तुनको इच्छा पुरा गर्न भिष्मले सौतेनी आमा सत्यवतीको पितासंग आफु आजन्म अविवाहित रहने प्रतिज्ञा गरे । राजा शान्तुनले सत्यवतीलाई विवाह नगरेको भए वेदव्यासको ३ छोरा जन्मले थिएनन् र हस्तिनापुरको शासक हुने थिएनन् । इतिहास नै अरु केहि हुने थियो ।

कुन्तीः भीष्मको प्रतिज्ञा पछि कुरुवंशको इतिहास नै परिर्वतन भयो । पाण्डुको जेठी पत्नि हुन् कुन्ति । पाण्डुले मृगलाई वाण हान्दा एक सहवास गर्दै गरेको ऋषिलाई लागेको ले ऋषिले दिएको श्रापले उनले आफ्ना रानीहरुसँग सहवास गर्न असमर्थ भएका थिए । ऋषि दुर्वासाले दिएको कुन्तिलाई वरदानले ३ छोरा युधिष्ठीर, भीम, अर्जुन र माद्रीले २ छोरा नकुल र सहदेव लाई जन्म दिए । एकदिन माद्रीसँग सहवास गर्ने तिव्र इच्छाको कारण पाण्डुको मृत्यु भयो । माद्री पनि छोराहरु कुन्तिलाई जिम्मा दिएर सती गइन् । राजमहलमा कुन्तीले आफ्नी जेठानी गान्धारीसँग सामना गर्नु प¥यो । कुन्ती वासुदेवको बहिनी र भगवान श्रीकृष्णको फुपु थिएन् । गान्धारी गन्धार देशको राजाको छोरी र राजा धृतराष्ट्रको पत्नी थिइन् ।

गान्धारीः धृतराष्ट्रले आँखाले मात्र नभई मनबाट पनि त्यस्तै व्यवहार गर्थे यसकारण गान्धारी र शकुनीको अप्रत्यक्ष रुपमा सत्ता सम्हालेका थिए । उनलाई कुन्तीको छोराले सिंहासनमा बस्ला भन्ने ठुलो डर थियो । शकुनीले भान्जालाई सानै देखि पाण्डव पुत्रहरुसँग घृणाको भाव देखाइदिएको थियो ।

द्रोपदीः पाँच पाण्डवको पत्नी द्रोपदी यस युद्धके सबैभन्दा ठुलो कारण भएको मानिएको छ । महाभारतको अनुसार जब दुर्योधन इन्द्रप्रस्थ हेर्न गएका थिए उक्त दरबारमा पानीले भरिएको ताल थियो त्यहि तालमा दुर्योधन लडे । दुर्योधन लडेको देखेर द्रोपदीले भनिन् ‘अन्धाको छोरा पनि अन्धो ।’

द्रोपदीले गरेका व्यंग वा अपमानले दुर्योधनलाई नराम्रो असर गरेको थियो । दुर्योधनले यस्तो अपमानको बदला लिने घोषणा गरेसँगै पाण्डवसंग जुवा खेल्ने बहाना गर्न थाले । पाण्डव पुत्रहरु हार्दै जाँदा बाँकी द्रौपदी मात्र भइन् र द्रोपदीलाई पनि दाउमा राखे । द्रोपदीको चीरहरण हुँदै गर्दा सबैले हेरीमात्र रहे । तर भगवान श्रीकृष्णले अन्तिममा द्रोपदीको लाज बचाइदिए यो नै महाभारतको सबैभन्दा ठुलो टर्निङ पोइन्ट थियो ।

सुभद्राः सुभद्रा कृष्णको बहिनी थिइन् कृष्णले आफ्नो मित्र अर्जुनसँग विवाह गराएदिएका थिए । बलरामले बहिनीको विवाह दुर्योधनसँग गरिदिने साचे राखेका थिए । कृष्णले अर्जुनसँग सुभद्रालाई हरण गराइदिएका थिए ।

लक्ष्मणाः श्रीकृष्णको आठ पत्नि मध्ये जाम्बवती थिइन् । उनको पुत्रको नाम साम्ब थियो । साम्बो दिल दुर्योधन –भानुमतीको छोरी लक्ष्मणासँग बसेको थियो । एकदिन साम्बले लक्ष्मणालाई प्रेम विवाह गरेर द्धारिका लैजादै थिए । कौरवहरुले आफ्नो सेना लगाएर साम्बलाइृ बन्दी बनाए । बलराम र कृष्णले धेरै पटक साम्बलाई छाड्न अनुरोध गरेपनि छाड्न नमानेकाले कलराले रौद्र रुप प्रकट गरे यो देखेर हस्तिनापुर हाहाकार मच्चियो र साम्बलाई लक्ष्मणाको साथमा विदा गरे ।



प्रतिक्रिया दिनुहोस्