Logo

मलेरीया रोग



मलेरीया एक यस्तो रोग हो जसमा रोगीलाई टाउको दुख्नुको साथै पटक पटक ज्वरो आउछ । यसमा ज्वरो कहिले धेरै आउने त कहिले दोब्बर आउने गर्छ । गम्भीर समयमा बिरामी कोमामा पनि जान सक्छ । मलेरीया प्लाज्मोडियम नामको परजीवनी को कारण हुन्छ । मलेरीया मादा एनोफेलिज लामखुट्टेले टोकेमा शुरु हुन्छ, जसले यस परजीवीलाई शरीरमा छोडिदिन्छ ।

लक्षण

  • शरीरमा उच्च तापक्रम (ज्वरो)
  • टाउको दुख्ने
  • पसीना आउने
  • चिसो लाग्नु
  • उल्टी हुनु
  • मांसपेशीमा दुखाइ हुने
  • पखाला
  • सामान्यतया अस्वस्थ्य महसुस गर्नु

मलेरियाबाट बच्ने उपाय

  • लामखुट्टे आउन नदिने
  • जति सक्दो घर भित्र बस्ने
  • झुलको प्रयोग गर्ने
  • शरीर पुरै ढाक्ने खालको कपडा लगाउने
  • डीट वा पिकारिदिन युक्त किटको क्रिम प्रयोग गर्ने
  • कपडामा परमेथ्रिन लगाउने
  • मलेरिया विरोधी औषधि प्रयोग गर्ने



प्रतिक्रिया दिनुहोस्