काठमाडौं, बैशाख १५ । शक्ति र सत्तामा हुनेले जेसुकै गरेपनि उनीहरूलाई ढाकछोप गर्न तल्लीन रहेको सरकारले पछिल्लो समय सामाजिक सञ्जालमा लेखेकै भरमा नागरिकमाथि कडा कारबाही गर्ने कदम चालिरहेकोे छ। त्यसैको उदाहरण हुन्– साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका पूर्वसचिव भीम उपाध्याय।
उनलेसरकारले गरेका गलत कामबारे सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गर्दै आएका थिए। प्रहरीको साइबर ब्युरोले उनलाई गत बुधबार साँझ ललितपुर कुसुन्तीबाट पक्राउ गरेको थियो। सोमबार उनीमाथि थप कारबाहीका लागि विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता भएको छ। जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार आनन्द श्रेष्ठले उपाध्यायविरुद्ध आइतबार दिउँसो मुद्दा दर्ता भएको जानकारी दिए।
दुई साताअघि स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालासँग सामाजिक सञ्जालमा उपाध्यायको टसल ९द्वन्द्व० परेको थिए। साताअघि उनले आफ्नो फेसबुक वालमा प्रधानमन्त्रीको किड्नी फेरेको र गिदी पनि फेर्नुपर्ने भन्दै स्टाटस लेखेका थिए। उनलाई पक्राउ गर्न आधार मानिएको मुख्य अभियोगपत्रमा पनि उक्त कुरा उल्लेख गरिएको छ। त्यसबाहेक उपाध्यायले सरकारको स्वच्छ आलोचना गर्दै सामाजिक सञ्जालमा अभिव्यक्ति राख्दै आएको थिए।
सरकारविरोधी उत्तेजित गतिविधि सामाजिक सञ्जाल र मन्त्रालयको साइटमा पोस्ट गरेको बहाना बनाउँदै उनलाई पक्राउ गरिएको हो। उनको नाममा व्यक्ति र सरकारका तर्फबाट दुईवटा उजुरी साइबर ब्युरोमा परेका छन्। उनलाई पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको आजको नागरिक दैनिकमा खवर छ ।