गोरखा, बैशाख १५ । मनकामना मन्दिरका मुख्य पूजारी इन्सान थापाले बन्दुक प्रहरीलाई बुझाएका छन्। ब्यक्तिगत सुरक्षाका लागि भन्दै तीनवटा बन्दुक लिएका थिए ।
उनले उक्त बन्दुको प्रयोगबाट सिकार गर्न लागेको समेत समाचारहरु सार्वजनिक भएपछि उनको चर्को आलोचना समेत सुरु भएको थियो। लकडाउनका बेला बन्दुक बोकेर शिकार खेल्न हिँडेको आरोप लागेका पूजारीलाई प्रहरीले एक साता अघि बन्दुक सहित नियन्त्रणमा लिएको थियो।
जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिएको बन्दुक भएकाले पूजारीलाई तारेखमा छाडेर प्रहरीले हतियार राखेको थियो।
‘