Logo

त्रिविले जारी गर्यो अनलाइन कक्ष सञ्चालन निर्देशिका, के छन् व्यवस्था?



काठमाडौँ १५ वैशाख : त्रिभुवन विश्वविद्यालयले लकडाउन लम्बिदै गएपछि अनलाइन कक्षा सञ्चालनसम्बन्धी निर्देशिका जारी गरेको छ । त्रिविले जारी गरेको निर्देशिकामा कक्षा सञ्चालनको पूर्व तयारी, कक्षा सञ्चालन चरण, आचार संहिता र कारबाही गरी चारवटा खण्ड रहेका छन्।

निर्देशिकामा विद्यार्थी र शिक्षकहरुको आधारभुत वस्तुपरक अवस्थाको तथ्यांक सम्बन्धित निकायहरुले एक साताभित्र लिने र विभाग, क्याम्पस र स्कुलहरुमा आवश्यक प्राविधिक सहयोग र प्राविधिक र शैक्षिक जनशक्तिलाई तालिमको व्यवस्था गर्ने उल्लेख गरीएको छ।

त्यसैगरी अनलाइन कक्षामा सहभागी विद्यार्थीले शिक्षकसँग अदरार्थी शब्दको प्रयोग गर्नुपर्ने उल्लेख गरीएको छ।

त्रिभुवन विश्वविद्यालय विद्युतीय माध्यमबाट गरिने कक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७७

१ कक्षा सञ्चालनको पूर्व तयारी :

(१) कक्षा सञ्चालन गर्ने हरेक विभाग, स्कुल, क्याम्पसले गुणस्तरीय इन्टरनेट, ल्यापटप तथा कम्प्युटर÷फोन, बैकल्पिक बिजुली समेतको व्यवस्था गर्ने गराउने ।

(२) अनलाइन कक्षालाई प्रभावकारी बनाउनका लागि सम्बन्धित निकायहरुमा आवश्यकता अनुसार (एक÷दुई जना) विज्ञहरुको समुह ९क्गउउयचत उयय िया भहउभचतक० बनाउने व्यवस्था गर्ने गराउने ।

(३) एक हप्ता भित्रमा नै विद्यार्थी र शिक्षकहरुको आधारभुत वस्तुपरक अवस्थाको तथ्यांक सम्बन्धित निकायहरुलेलिने । आफ्ना निकायका विद्यार्थीहरुको अवस्था अध्ययन (सर्भे) गरेर कति प्रतिशत सँग इन्टरनेट सेवाको पहुँच छ आदि बारे तथ्यांक तयार गर्ने ।

(४) विभाग, क्याम्पस र स्कुलहरुमा आवश्यक प्राविधिक सहयोग र प्राविधिक र शैक्षिक जनशक्तिलाई तालिमको व्यवस्था गर्ने ।

(५) सम्बन्धित अध्ययन संस्थान÷संकाय÷विभाग÷क्याम्पस÷स्कुलहरु मार्फत आफ्ना विद्यार्थीहरुको लागि आवश्यक तालिमको व्यवस्था मिलाउने ।

(६) सम्बन्धित निकायहरुमा निकाय प्रमुखको निर्देशन र नियन्त्रणमा रहने गरी अनलाइन कक्षा केन्द्र भौतिक वा विद्युतिय रुपमा स्थापना गर्ने गराउने ।

२ कक्षा सञ्चालनको चरण :

(१) विभाग÷क्याम्पस÷स्कुलहरुले मिति २०७६ चैत्र १० गतेदेखि नै लिएका अनलाइन कक्षाहरु समेतलाई नियमित कक्षा सरह पाठ्यभारमा गणना गर्ने व्यवस्था गर्ने ।

(२) अनलाइन कक्षाको वातावरणलाई प्रभावकारी बनाउन एवं सम्बन्धित शिक्षकहरुलाई सहयोग गर्न आवश्यकताको आधारमा प्रत्येक कक्षामा विद्यार्थीको प्रतिनिधि रहने व्यवस्था गर्ने ।

(३) अध्ययनरत विद्यार्थीहरुको लागि अनलाइन कक्षा तालिका ९अबिकक कअजभमगभि० तथा विद्यार्थी जानकारी सिट अग्रिम रुपमा तयार गर्ने ।

(४) सम्बन्धित शिक्षकलेअनलाइन कक्षा ÷सेसनको संचालन गर्ने ।

(५) शिक्षकहरुले आफूलाई सहज हुने अनलाइन प्लेटफर्म जस्तै ZOOM, Google Class, MS Team इत्यादि प्रयोग गर्न ÷गराउन सक्नेछन्।

(६) सम्पूर्ण विद्यार्थी र शिक्षकहरुको हाजिरी रेकर्ड सम्बन्धित निकायको अनलाइन कक्षा केन्द्रले राख्नु पर्नेछ ।

(७) शिक्षकले उपलब्ध गराएको विवरणको आधारमा विद्यार्थीहरुको हाजिरी राख्न लगाउने र हाजिरी गणना गर्दा शिक्षकले कक्षा लिएको रेकर्डलाई आधार बनाउनु पर्नेछ । कुनै शिक्षकले लिएको कक्षा प्रविधिका कारणले रेकर्ड गर्न नसकिएको रहेछ भने त्यस्तो कक्षालाई जाँची हेरी प्रमाणित गर्ने जिम्मा सम्वन्धित केन्द्रका प्रमुखको हुनेछ ।

(८) सञ्चालित कक्षाहरुको हाजिरी तोकिएका कर्मचारीले र निकाय प्रमुखले प्रमाणित गरी राख्नु पर्ने छ । यसरी राखिएको हाजिरीका आधारमा पारिश्रमिक उपलब्ध गराईने छ ।

(९) अनलाइनमा काम गर्ने कर्मचारीलाई कार्यालय समयभन्दा बढी काम गराउनु परेमा सो अवधिको अतिरिक्त पारिश्रमिक उपलब्ध गराउन सकिनेछ ।

(१०) प्रत्येक अनलाइन कक्षाहरुको रेकर्ड गर्नुपर्नेछ र सम्बन्धित प्राध्यापकले आफ्नो निकायमा इमेल मार्पmत पठाउनु पर्नेछ ।

(११) शिक्षकहरुले विद्यार्थीहरुलाई गृहकार्य ९ज्यmभ ब्ककष्नलmभलत० प्रदान गर्नको लागि विभिन्न विद्युतीय माध्यम जस्तै ९ध्यचम, भ्हअभ िक्जभभत, न्ययनभि म्चष्खभ० आदिको प्रयोग गर्न सक्नेछन्।

(१२) कुनै जायज कारणले नियमित कक्षामा उपस्थित हुन नसकेका विद्यार्थीहरुलाई कक्षाको रेकर्ड लगायतका अन्य शैक्षिक सामग्री पछि उपलब्ध गराउन सकिनेछ ।

(१३) कतिपय विद्यार्थी भर्ना भएका तर कक्षा संचालन हुन नसकेका कार्यक्रमहरुको अनलाइनबाट अभिमुखिकरण ९इचष्भलतबतष्यल० गरि कक्षा संचालन गर्न सकिनेछ ।

३. आचारसंहिता र कारबाही

(१) आचारसंहिता त्रि.वि. संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० र त्रि.वि. शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम, २०५० मा तोकिएको आचार संहिताको अतिरिक्त देहायको आचारसंहिता सबै शिक्षक, कर्मचारी र विद्यार्थीले पालना गर्नुपर्नेछ ।

(क) सबै शिक्षक, विद्यार्थीहरुले नियमित रुपमा तोकिएको कक्षामा सहभागी भई अध्ययन अध्यापन कार्यमा सहभागी हुनुपर्नेछ । शिक्षकहरुले सुमधुर प्राज्ञिक वातावरणमा अनलाइन कक्षा संचालन गर्नुपर्नेछ ।

(ख) विद्यार्थीहरुले शिक्षकहरुसंग सम्बाद गर्दा आदरार्थी शब्दको प्रयोग गर्नुपर्नेछ । कसैलाई पनि अनादर गर्नु हुदैन ।

(ग) शिक्षकहरुले कक्षा सञ्चालन गर्दा अन्तक्र्रियालाई प्रोत्साहन गर्नुपर्नेछ ।

(घ) अनलाइन कक्षा सम्बन्धित शैक्षिक सामाग्री, भिडियो इत्यादिहरुको प्रतिलिपी अधिकार सम्बन्धित शिक्षक र निकायमा निहित हुनेछ । सबै शिक्षक, कर्मचारी, विद्यार्थीहरुले प्रतिलिपी अधिकारको रक्षा गर्नुपर्नेछ । बौद्धिक चोरी गर्ने कार्य गर्नु हुदैन ।

(ङ) सबै शिक्षक, कर्मचारी, विद्यार्थीहरुले व्यक्तिको गोपिनियताको हकको पालना गर्नुपर्नेछ । कुनैपनि शिक्षण तथा शैक्षिक सामाग्री आदि शिक्षक र विद्यार्थीहरुले फेसबुक लगायत अरु सामाजिक सूचना माध्यममा स्वीकृती विना राख्नु हुदैन ।

(च) कुनै शिक्षक, कर्मचारी, विद्यार्थीहरुले विद्युतीय कानुन उल्लंघन हुने कुनै कार्य गर्नु हुदैन ।

(छ) शिक्षक विद्यार्थीहरुले अनलाइन कक्षाहरु भएको बेला औपचारिक पोशाकको प्रयोग गर्नुपर्नेछ ।

(ज) कुनै पनि पूर्णकालीन शिक्षकले विश्वविद्यालयको विभाग, स्कुल वा आंगिक क्याम्पस बाहेक अन्य शैक्षिक संस्थाको अनलाइन कक्षामा सहभागी हुनुहुदैन । अनुगमन समितिले नियमित रुपमा अनलाइन कक्षामा सहभागी हुनेगरी कसैलाई पनि स्वीकृति दिने छैन । यस व्यवस्थाले आमन्त्रित विशेषज्ञको हैसियतमा कक्षा लिन पाइने व्यवस्थामा भने रोक लाग्ने छैन ।

(४) कारवाही सम्बन्धी व्यवस्था :

कुनै विद्यार्थी, शिक्षक र कर्मचारीले आचार संहिता उल्लंघनको गरेमा आचार संहिताको प्रकृति, किसिम र मात्रा हेरी विश्वविद्यालयको नियमानुसार कारवाही गरिनेछ ।मेरोलगानी File photo



प्रतिक्रिया दिनुहोस्