काठमाडौं, १५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली १४ वैशाखको क्याबिनेट बैठकमा एक घन्टा ढिलो गरी आए । सधैजस्तो मान्छे कुराउने उनले बालुवाटारको बैठकमा पनि त्यस्तै गरे ।
४ बजे डाकिएको क्याबिनेट बैठक ५ बजे शुरु भयो । उनले लकडाउनको बारेमा भने-अहिलेलाई १० दिन मात्र लकडाउन गरौं, आवश्यक परे थप्दै जाऔंला । ‘लकडाउन १५ दिन भन्छन्’ भन्दै उनले वैशाखभर लकडाउन हुने संकेत गरे । २ जेष्ठसम्म अन्तर्राष्ट्रिय उडान बन्द गरिएको र वैशाख ३१ गतेसम्म सीमा आवतजावत बन्द गरिएकोले अर्को एक हप्ता लकडाउन लम्बिने निश्चित देखिएको छ । प्रधानमन्त्रीको संकेत त्यही थियो ।
क्याबिनेट बैठकमा प्रधानमन्त्री ओलीले सरकार मज्जाले अगाडि बढ्ने बताए । उनले पार्टीभित्रको विषयलाई घुमाउरो तरिकाले राख्दै समस्याहरु छ भन्छन् भन्दै उडाए । खरो स्वभावका ओलीले हिजोको मन्त्रिपरिषद बैठकमा पनि खरो कुरा गरे ।
Photo source: PM Press Advisor