Logo

सुरेन्द्र यादवको अपहरणमा राज्य नै संलग्न- लक्ष्मणलाल कर्ण



काठमाडौं, १५ वैशाख । जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्ण सांसद डा. सुरेन्द्र यादवको अपहरण भएको दाबी गर्छन् । उनले घटनाका दोषीमाथि कानुनबमोजिम कारबाही हुनुपर्ने भन्दै यसमा राज्य नै संलग्न रहेको बताएका छन् । यसै सेरोफेरोमा कर्णसँग ऋषि धमलाले गरेको कुराकानीः
पार्टी एकीकरण भइसकेपछि पार्टी नाम जनता समाजवादी पार्टी नेपाल होइन ?
जनता समाजवादी पार्टी हो ।
तपाईंका पार्टीका नेताहरु अपहरण प्रकरणको जाहेरी लिएर किन प्रहरीकोमा पुगे ?
अपहरण भएपछि कानुनले के भन्छ भने जाहेरी दिनुपर्छ । त्यसपछि अनुसन्धान सुरु हुन्छ । यो अपहरणमा स्वयं राज्य नै संलग्न रहेको छ । राज्य आफै संलग्न भएको कारणले गर्दा यो ठूलो अपराध हो । यो साधारण खालको अपराध होइन । जसमा स्वयं राज्य नै संलग्न देखिन्छ ।
यो अपहरण हो र ? सुरेन्द्र यादव आफै काठमाडौं आउनुभएको होइन र ?
अरु चाहीं यहाँदेखि उनको आगमनमा जन्ति बन्न गएका थिए ?
उहाँ त मन्त्री बन्नलाई काठमाडौं आएका भनेर महेश बस्नेत भनिरहनु भएको छ त ?
मन्त्री बन्न आएको मान्छे होटलबाट भागेर जान्छ ? अरु मान्छे चाहीं किन गएको त गार्ड गएको उहाँको ? अहिले पूर्व आइजीपी, सांसदहरु गार्ड हुने व्यवस्था छ ?
यसलाई के आधारमा अपहरण मान्ने ?
अपहरणको प्रमाण त अपहरण मान्छेले नै भनिसकेको छ । त्योभन्दा ठूलो अरु प्रमाण नै हुँदैन नि अपहरणको । उहाँकै भनाइलाई आधार बनाएर भन्दा पनि पूर्व आइपुग्छ थर्काउँछ । त्यसपछि अन्य दुईजना मान्छे पुग्छन् थर्काउँछन् । उनलाई आफ्नो गाडीमा चढ्न दिँदैन । अन्य गाडीमा लगेर आफ्नो कस्टडीमा राख्छन् । अनि होटलमा पु¥याउँछन् । त्यसपछि पीडित त्यहाँबाट भागेर अन्यत्र जान्छन् । अब योभन्दा ठूलो अपहरण के हो ?
उहाँको घरमा लिन जाँदा उहाँले म जान्न भनेको भए हुन्थ्यो नि ?
उहाँले जान्न त भनेको छ नि । त्यही जान्न भनेपछि न तीन–तीन जना गए ।
उहाँको इच्छाले काठमाडौं आउनुभएको होइन ?
उहाँलाई काठमाडौं जबर्जस्ती ल्याइएको हो । जबर्जस्ती भन्ने बित्तिकै के मारपिट नै गर्नुपर्छ र ? जबर्जस्ती भनेको शब्दले पनि हुन्छ । तपाईंं यहाँ बसिरहनुभएको छ भने तपाईंंले यहाँबाट उठ्न पाउनुहुन्न भनेको पनि जबर्जस्ती हो नि ।
उहाँहरुको त काठमाडौं जाऔं भनेर ल्याएको भन्ने तर्क छ नि ?
के थियो त्यस्तो त्यहाँ ? लकडाउनको बेलामा पनि दुई–दुई जना माननीय र पूर्व आईजीपीई जानुपर्ने के इमर्जेन्सी थियो ? के उहाँहरु कुनै बिहेमा जानुभएको थियो ? सुरेन्द्रजी आफ्नो घरमा लकडाउनमा बसिराखेको ठाउँमा किन गए यहाँ यी तीन जना मान्छे । सुरेन्द्रजीले भोज खान बोलाएको हो उनीहरुलाई ? लकडाउनको बेलामा यहाँदेखि किन जानुप¥यो त्यहीको सिडियोलाई भन्यो भने आइहाल्छ नि । उनी पनि त सांसद्, पूर्वमन्त्री हुन् । के उनलाई आउनको लागि कसैले रोकिदिन्छ ? अनि यत्रो मान्छे किन गएको ? त्यसकारण यो अपहरण हो । मैले यस्तो अपहरण पहिला व्यहोरोको हो । राज्य लागेपछि के गर्नु ?
तपाईंंले त मुद्दा दिनुभएको थिएन नि ?
मैल जाहेरी दिएँ त्यो त्यतिकै झिसमिस भयो । त्यसपछि सिडिओमा जाहेरी दिएँ । सिडियोले दर्ता गर भन्यो । दर्ता भयो । त्यो मुद्दा कारबाही नगरीकन मुद्दा नचल्ने भनेर जिल्ला सरकारी वकिल, त्यसबेलाको पुनरावेदन सरकारी वकिल र त्यसबेलाका महान्याधिवक्ताले मुद्दा नचल्ने भनिदियो । सरकारै लागेपछि कसको के लाग्छ ?
अब के हुन्छ ?
जहाँ नैतिकताको कुरै छैन । अनि यो देश हो ? सानासाना कुरामा अपराधिक कार्यहरु हुन्छन् भने त्यो पनि नैतिकता हो ?
जाहेरी प्रहरीले दर्ता गर्न मानेन अब के हुन्छ ?
यसको लागि कानुनअनुसार जाने हो । हाम्रो कानुनले के भन्छ भने प्रहरीले दर्ता गरेन भने सरकारी वकिल समक्ष निवेदन दिन पाइन्छ । अथवा एक तहमाथिको प्रहरीमा निवेदन दिन पाइन्छ । त्यस्तो निवेदन दिए भने उनीहरुका कार्यकर्ताले पनि त्यहाँ मुद्दा चलाउ भन्न सक्छ । त्यसकारण अहिले लकडाउनका कारणले धेरै अप्ठ्याराहरु छन् । अब मुद्दा दर्ता हुन्छ र दोषीमाथि कानुनी कारबाही हुन्छ ।
सांसद् र पूर्व आइजीपीलाई कारबाही हुन्छ त ?
उहाँहरु अपहरण गर्न जानुहुन्छ अनि कसलाई कारबाही हुन्छ त ? त्यो निमुखा र गरीवको लागि मात्रै कानुन बनेको होर ?
पावरमा भएका व्यक्तिहरुलाई कसरी कारबाही हुन्छ त ?
त्यस्तो हुनुभनेको दुर्भाग्य हो । राज्यको शक्तिको आडमा अपराधिक गतिविधि हुन्छ भने त्यो राज्य आफै अपराधी हुन्छ । राज्यले अपराध गर्ने होइन न नि राज्यले त अपराधीलाई दण्ड दिने हो । फेरि अहिले त जनताले प्रत्यक ठाउँबाट हेरिराखेको छ । कसले के गरेको छ भन्ने कुरा तपाईंलगायतका मिडियाबाट सुनिरहेको थियो । राज्यले नै मेरो सरकार अपराधी हुन थाल्यो भन्छ भने त्यो सरकारले कस्तो काम गरेको होला ? पावर र शक्ति प्रयोग गरेर हमेसा अपराधिक गतिविधि गरिरहने हो भने त्यो राज्य अपराधिक हुन्छ । सामान्य राज्य हुँदैन । राज्यले अपराध गर्ने होइन न राज्यले त अपराधीलाई दण्ड दिने हो ।
त्यसोभए तपाईंहरु सरकारी वकिल कार्यालय जानुहुन्छ ?
जानुपर्छ ।
तर, तपाईंहरुले महोत्तरीमै गएर मुद्दा दर्ता गराउँदा के हुन्छ ?
काठमाडौंका यत्रा अफिसरहरु डराउँछन् भने विचरा त्यो महोत्तरीवालाको के हालत होला । प्रहरी के जिल्लैपिच्छे फरक, फरक छ ? यहीबाट दर्ता गरेर महोत्तरी पठाइदिए पनि हुन्छ नि । त्यसकारण यो के हो भने हामीजत्तिका ठूला कोही छैनन् । हामीलाई कानुनले केही गर्न सक्दैन भन्ने दम्भ, अधिनायकवादीहरुको देश जस्तै भएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot