Logo

बाबुराम भट्टराई जात-जात धर्म-धर्म फुटाएर हिटलरले जस्तै नश्लीय राजनीति गर्दैहुनुहन्छ-गोकुल बाँस्कोटा (भिडियोसहित)



काठमाडौं, १५ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका नेता समेत रहेका पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाले डा. बाबुराम भट्टराईले देशमा जात, धर्म र क्षेत्रबीच फुट गराएर प्रधानमन्त्री बन्न खोजेको आरोप लगाएका छन् । उनले भट्टराईलाई हिटलरको जस्तै नश्लीय राजनीति गर्ने व्यक्ति भएको भन्दै त्यसलाई सफल हुन नदिने बताए । समाजवादी पार्टी र राजपाबीचको एकतामा ‘बहुराष्ट्रिय राज्य’ को शब्दावली राखिएकोप्रति प्रश्न उठाउँदै नेपालको संविधान विपरितको कार्य गरेको बताए ।

‘बाबुराम भट्टराईले जातजाति फुटाएर, धर्म धर्म फुटाएर, घर घरमा झगडा गराएर लडाए, पहाडी र हिमाली बनाएर, पहाडभित्र पनि कुन कुन जात बनाएर तराई र हिमाल भित्र पनि कुन कुन जात बनाएर हिटलरले जस्तै गर्दैहुनुहुन्छ,’ बाँस्कोटाले भने, ‘उहाँले हिलरको जस्तै नश्लीय राजनीति गरेको हो ।’ आफ्नै देशमा विभिन्न जातिमाथि आक्रमण गर्न लगाएर हिटलर युगमा युरोपमा प्रधानमन्त्री बनेकाहरु भएको उदाहरण दिदै बाबुरामले पनि यही रणनीति अपनाएको आरोप लगाए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई डा. भट्टराईले हिटलरको संज्ञा दिएकोमा उनले भने, हिटलरले नश्लीय राजनीतिक गरेको हो । ग्याँस च्याम्बरमा मान्छे मारेको हो । बाबुरामले त्यस्तै नश्लीय राजनीति गरेका हुन् । हिटलरलाई उकासेर आफ्नै देशमा आक्रमण गर्न लगाएर प्रधानमन्त्री बन्नेहरु छन् । बाबुरामको प्रवृत्ति त्यही हो । बाबुराम भट्टराईले हत्या हिंसाको राजनीति गरेको भन्दै नक्कली कुरा गर्न खप्पिस भएको आरोप लगाए । उनले भने, ‘बाबुराम हत्या हिंसाको राजनीति गरेको मान्छे हुन् । डाक्टरको विल्ला भिरेर हत्या हिंसा गरेका हुन् ।’
बाबुरामलाई आठ वर्षमा आठवटा पार्टी परिवर्तन गरेको भन्दै ओलीमाथि पार्टी फुटाएको आरोप लगाउनुको तुक नभएको तर्क गरे । उनले भने, ‘हामीलाई परालको त्यान्द्रो चाहिंदैन, आफै स्पष्ट बहुमतमा छौं ।’

सांसद सुरेन्द्र यादव घरमा मासुभात खुवाएर बाटोमा हाँसको छोयला खाँदै होलिडे मनाए जसरी आएर अपहरणको आरोप लगाउनुलाई हाँस्यास्पद भने । उनले भने, ‘होलिडे मनाउँदै आएर अपहरण गर्यो भन्ने ?’



प्रतिक्रिया दिनुहोस्