Logo

ओली-नेपाल एक्लाएक्लै वार्तालगत्तै खनालले भेटे प्रचण्ड, नयाँ ध्रुवीकरणतर्फ नेकपा



काठमाडौं, १५ वैशाख । नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिंदै जाँदा नेताहरुबीच सहमतिका लागि गम्भीर छलफल बढिरहेको छ । आजै नेताहरुले एक्ला एक्लै र सामूहिक छलफललाई गति दिएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच एक्ला एक्लै भेटवार्ता भएको छ । भेटमा दुई नेताबीच राजनीतिक सहमतिको लेनदेनको विषयमा गहन छलफल भएको बुझिएको छ ।

ओली-नेपालबीच बालुवाटारमा छलफल भएपछि अर्का वरिष्ठ नेता झलनाथ खनाल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा पुगेर छलफल गरेका छन् । नेकपाभित्र र सरकारमा ओलीको विकल्प खोज्ने प्रयास भइरहँदा भेटवार्ता तिर्व भएको हो । खनाल ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छन् । तर, उनको पनि आफ्नै शर्त छ ।

नेताहरुको आ आफ्नै चाहना र राजनीतिक भविष्यतर्फ ध्यान हुँदा ओलीलाई हटाउन एकजुट भई प्रभावशाली नेताहरु नउत्रिएको घटनाक्रमले देखाएको छ । बरु नेकपाभत्रि अहिले राजनीतिक ध्रुवीकरणको सम्भावना विकास भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot