Logo

ओलीको विकल्प खोजे नेकपा र देशमा दुर्घटना- दिनानाथ शर्मा (अडियोसहित )



काठमाडौं, १५ वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य दिनानाथ शर्माले तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजिए देश गम्भरि दुर्घटनामा जाने बताएका छन् । उनले नेकपाको विभाजन र देशमा संकटको खतरा औल्याउँदै त्यसतर्फ जान नहुने औल्याएका छन् । यसै सेरोफेरोमा शर्मासँग ऋषि धमलाले गरेको विशेष कुराकानीः
हिजो तपाईंहरुले के के कुरा गर्नुभयो प्रधानमन्त्रीसँग ?
प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रलाई भेट्न भनेर गइयो । तर, उहाँ व्यस्त भएकाले त्यति राम्रो भेटघाट हुन पाएन । फेरि क्याबिनेटका बैठकहरु के के रहेछन् अनि त्यति राम्रो कुरा हुन पाएन ।
प्रधानमन्त्रीसँग हिजो कुरा हुनै पाएन ?
हो हिजो कुरै हुन पाएन ।
अब आज कुराकानी हुन्छ प्रधानमन्त्रीसँग ?
अध्यक्ष प्रचण्डसँग भेटघाटको समय मागेको छु । त्यसबेला उहाँसँग देशको समसामयिक घटनाका बारेमा पनि बुझिएको छैन । लाकडाउनमा परियो नेताहरुसँग त्यति राम्रो भेट हुन पनि पाएको छैन । त्यसपछि मौका मिल्यो भने अनि भेटघाट गर्नुपर्ला ।
प्रधानमन्त्री केपी शर्माको विकल्प पार्टीले खोजेको छ कि छैन ?
अहिले तत्काल पार्टीभित्र विभिन्न छलफलहरु यसबारेमा भइरहेका छन् । नेताहरुले यति छिट्टै विकल्प खोज्नुहुन्छ भन्ने पक्षमा म छैन । पार्टीभित्रका समस्याहरुलाई पार्टीभित्रै बसेर समाधान गरेर लिएर जानुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा भनेको पार्टी एकता हो । त्यसमा कसैले पनि दायाँबायाँ गर्नुहुँदैन । विकल्प, निर्विकल्प भन्ने छैन । तर, अहिले सम्हाले र सम्म्हालिएर जानुपर्ने स्थिति हो । अहिलेको बेला भनेको पार्टीभित्रका आन्तरिक डलाईं वा दलदलबीचको लडाईंभन्दा पनि कोरोनाविरुद्ध लडाईं लड्नुपर्ने हो । गरीवीका विरुद्ध लडाई लड्नेपर्ने हो । देशको अर्थतन्त्र धरासायी वस्थामा पुगेको त्यसलाई कसरी सहज बनाउने भन्ने चिन्तन गर्नुपर्ने । त्यसकारण अहिलेको बेला भनेको सबै राजनीतिक दलहरु, तिनका गुटहरु, स्वार्थहरु त्यागेर जनताको हित र राष्ट्रको हितमा कोरोना महामारीविरुद्ध लड्नुपर्ने हो । खान नपाउने जनतालाई खानाको व्यवस्था गर्नुपर्ने । यसरी जनताको बास, गाउ र कपडाको विषयमा केन्द्रित भएर जानुपर्छ भन्ने मेरो भनाइ हो ।
अहिले केपी शर्माको एउटा प्रस्ताव आएको छ, ‘मिलेर जानुपर्छ’ त्यो कति सम्भव छ ?
त्यो मिलेर जानुपर्छ भन्ने प्रस्ताव ठिक छ ।
त्यसोभए प्रधानमन्त्रीले ल्याएको प्रस्ताव सही छ, प्रचण्ड र माधवकुमारले मान्नुपर्छ ?
अहिले प्रधानमन्त्रीले भनेको प्रस्ताव भन्दा पार्टी पनि पार्टीको ठैकमा छलफल भएर मिलेर जाने वातावरण सिर्जना गर्नुपर्छ । त्यसैले उहाँले सबै मिलेर जानुपर्छ भन्ने जुन प्रस्ताव छ, त्यो ठीक छ ।
त्यसोभए अहिले केपी ओलीको विकल्प खोज्नुहुँदैन ?
अहिले सरकार फेरेर राजनीतिक अस्थिरतातिर जाने बेला होइन भन्ने लाग्छ मलाई ।
तर, प्रचण्डले त सरकार परिवर्तन गर्नुपर्छ भनिरहनुभएको छ नि ?
प्रचण्डसँग मेरो यो लकडाउन भएदेखि यता भेटघाट र छलफल भएको छैन । उहाँसँग छलफल गरिसकेपछि मात्रै योभन्दा बढी भन्न सक्छु ।
पार्टीका धेरै शीर्ष नेताहरुले त केपी ओलीबाट देश र पार्टी दुवै चल्दैन त्यसैले उहाँले छोड्नुपर्छ भन्न थालेका छन् नि ?
कुनै पनि सधैंभरि रहीरहने भन्ने हुँदैन । तर, कसैलाई हटाउने भन्दा प्रतिक्रियात्मक ढंगले कुरा बाहिर जान्छ । पहिला पार्टीभित्र बसेर सल्लाह गर्नुपर्छ अनि मिलेर जानुपर्छ भन्ने कुरा नै उपयुक्त हुन्छ ।
केपी शर्मा ओलीको विकल्प खोज्दा मुलुक दुर्घटातिर जान्छ भनेर उहाँको पक्षमा लाग्नुभएको हो ?
विलकुलै देशलाई दुर्घटनातिर जानुहुँदैन । र, पार्टीलाई विभाजनतिर जाने अवस्थातिर पनि जानुहुँदैन । अहिले पार्टी र सत्ता, शक्तिको लडाईं लड्ने भन्दा पनि कोरोना र गरिबिविरुद्ध लड्न सम्मालिएर र सच्चिएर अगाडि बढ्नुपर्छ ।
सांसद अपहरण काण्डमा सुरेन्द्र यादवले जाहेरी दिन जानुभयो प्रहरीले दर्ता गर्न मानेन तपार्इंं के गर्नुहुन्छ ?
यो उहाँहरुकै दलका मान्छेहरुले गरेका नाटक हुन् । अपहरण, सपहरण केही पनि होइन । यो सब कृत्तिम हल्ला हो । उहाँहरुको पार्टी एकता भयो आयो सकियो भन्छु मैले ।
सांसद जस्तो अपहरण काण्डमा तपाईं बँचाउन लाग्ने ?
यो अपहरण होइन । त्यस्तो अपहरण हुँदैन ।
उहाँले म अपहरित भएँ भनेर रोएर बन्नुभयो नि ?
ऋषिजी तपाईले घरमा बोलाउनुभयो भने म जान्छु । खाना खाऊ भन्नुभयो भने खान्छु । तपाईंले मलाई फलानो ठाउँसम्म पुर्याईदिनुस् भने मैले पुर्याई दिन्छु । त्यसलाई अपहरण भनेर राजनीतिक फाइदा लिन खोज्नुहुँदैन ।
होइन, तपाईंले उहाँको अन्तर्वार्ता हेर्नुभएन, इतिवृतान्त बताउनुभएको छ नि ?
उहाँका साथीहरुले पनि बताउनुभएको छ ।
उहाँका साथीहरु के के बताउनु भएको छ ?
उहाँकै साथीहरुले यो होइन । सबै नाटक कुरा गर्नुहुँदैन भन्नुभएको छ । बरु आफ्ना मान्छेहरु, सुरक्षा गार्डहरु ल्याउन प्रयोग गर्नुभएको छ । यस्ता कुराहरुलाई राजनीतिक रुपमा उचाल्नुहुँदैन ।
अपहरित व्यक्ति डा. सुरेन्द्र यादवको माग छ नि दोषीमाथि साढे २४ वर्षको जेल सजाय हुनुपर्छ भन्ने त्यसमा महेश बस्नेत, किसन श्रेष्ठ र सर्वेन्द्र खनाल छन् ?
उनी आफैले घरमा पाहुना बोलाए । उनकै गाडीमा काठमाडौं आए अनि अपहरण गर्यो भनेर दोष लगाए । उनको चाहीं यो तरिका के हो ? यसो पनि भन्न सकिन्छ ।
अपहरण नभइकन डा. सुरेन्द्र यादवले त्यसै भन्नुभयो होला तपाईं कल्पना गर्न सक्नुहुन्छ ?
यो अपहरण होइन । उहाँ आफैले भन्नुभएको छ । साथीहरुलाई खाना खान बोलाएको हो । खाना खाइसकेपछि साथीहरुको गाडीमा म पनि आएको हो भनेर । उहाँका आफ्ना मान्छे र सुरक्षा निकाय समेत साथमा आएका मान्छेलाई अपहरण भन्न मिल्छ । अपहरण गरेको मान्छेलाई होटलमा लगेर राख्छ । अनि होटलमा अरु सुतिरहने अनि मर्निङवाकमा निस्किएर भाग्ने अनि बाहिर गएर अपहरण गर्यो भन्ने अहिलेको राजनीतिमा यस्तो कुरा टिक्छ ।
तपाईंहरु चाहीं अर्काको दल फुटाउन अध्यादेश ल्याउने अनि तपाईं नै अर्ति उपदेश दिने ?
संसदीय व्यवस्थामा कुनै पार्टी फुट्ने कुनै साथी कता जाने यो त पहिलादेखि चल्दै आएको कुरा हो । यसलाई लिएर अपहरण गरेको भन्न मिल्छ । यस्ता पार्टी फुट्ने, फुटाउने कामहरु त पहिलादेखि नै हुँदै आएका कुराहरु हुन् ।
त्यसो भए पार्टी फुटाउने काम भइरहेको छ ?
पार्टीहरु फुट्छन् । कुनै जुट्छन्, एकता हुन्छन् । त्यस्ता किसिमका कुराहरु भइरहन्छ । यसलाई अपहरण गर्यो भन्नु हुन्छ । मलाई यस्ता छलछामका कुराहरु मन पर्दैन ।
समाजवादी पार्टी पनि तपाईंहरुले फुटाउन खोज्नुभएको थियो सुरेन्द्र यादवले बँचाईदिनुभयो होइन ?
सुरेन्द्रले फुटाउन खोज्नुभएको थियो । नफुटेर राम्रो भयो उहाँ आफ्नै पार्टीमा रहनुभयो । उहाँले फुट्न खोजेर मन्त्री बन्न खोज्नुभएको थियो । अनि बीचबीचमा रातारात के के मिलेन अनि फर्केर आफ्नै पार्टीमा जानुभयो । त्यो धेरै राम्रो भयो । सुरेन्द्रजीलाई त धन्यवाद छ भन्नुपर्छ ।
सरकारमा बसेर अरुको पार्टी फुटाउन पाइन्छ ?
‘म मेरो पार्टी फुटाउँछु, र तेरो पार्टीमा आउँछु’ भन्यो भने कसैले पनि साधुसन्त बनेर बस्दैन । बाबुरामजीले पनि म मेरो पार्टी फुटाएर तपाईंको पार्टीमा आउछु भन्यो भने उहाँले पनि छोड्नुहुन्न ।
तपाईंहरुलाई जनताले बहुमत दिएको पार्टी तोडफोड गर्न हो ?
हो, मत त्यसैको पक्षमा छु । दलीय व्यवस्थामा दलहरु बलियो हुनुपर्छ । नेकपा, नेपाली कांग्रेस र मधेसवादी दलहरु बलियो हुनुपर्छ । सबैमा एकता हुनुपर्छ । अहिले सबै मिलेका छन् त्यसलाई म स्वागत गर्छु । दलीय व्यवस्थामा एउटा दलको विकल्पको रुपमा अर्को दल तयार हुनुपर्छ ।

अडियो:



प्रतिक्रिया दिनुहोस्

Screenshot