काठमाडौं, १५ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि बस्ने भएको छ । पछिल्लो समय पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी हुँदै गएपछि उनी रक्षात्मक बनेका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालको साथ लिएर आफूविरुद्ध निरन्तर दबाब पैदा गरिरहेका बेला ओलीलेब बरिष्ठ नेता नेपालको साथ खाजेका छन् ।
उनले नेता नेपालसँगको सम्वाद तथा छलफललाई निरन्तरता दिईरहेका छन् । आजमात्रै पनि उनले नेपालसँग एक्लाएक्लै भेटवार्ता गरे । त्यसलगत्तै, दुवै पक्षबीच नेता नेपालको कोटेश्वरस्थित् निवासमा द्धिपक्षीय छलफल भएको थियो । उक्त छलफलमा शक्ति बाँडफाँटबारे कुराकानी भएको बुझिएको छ ।
बरिष्ठ नेता नेपालले सचिवालय बैठक डाक्न आग्रह गरेका थिए । यसमा अध्यक्ष दाहाल, बरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायाणकाजी श्रेष्ठको पनि साथ छ । त्यसैले नेकपा सचिवालय बैठक भोलि बस्ने पनि तय भएको छ । ओलीले यसअघि बैठक नराख्ने र टार्ने प्रयत्न गरेका थिए । सचिवालय बैठक भोलिको लागि तय भएपनि समय भने अहिलेसम्म छुट्याईएको छैन् । FILE PHOTO