Logo

हाँसको छोयला खाँदै होलिडे मनाए जसरी आउने अनि अपहरण भन्ने ? गोकुल बाँस्कोटा (भिडियोसहित)



काठमाडौं, १५ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका नेता गोकुल बाँस्कोटाले मन्त्री पदबाट हटेपछि पहिलोपटक अन्तवार्ता दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छाविना सरकार परिवर्तन नहुने स्पष्ट पारे । पछिल्लो पटक उठेको सांसद डा. सुरेन्द्र यादव अपहरण प्रकरणलाई उनले छलछाम र जालझेल भनेका छन् । यसै विषयमा पूर्वमन्त्री बाँस्कोटासँग ऋषि धमलाले गरेको कुराकानीः
तपाईं मन्त्रीबाट हटिसकेपछि प्रधानमन्त्री कमजोर बन्दै जानुभयो नि ?
तपाईंको कुरालाई म अस्वीकार गर्छु । यो सबैले बुझ्नुपर्छ । २०७४ सालमा भएको चुनाव र त्यसको जनादेश अरुको कारणले होइन । केपी शर्माको अपिलमा आएको थियो । त्यसभित्र तत्कालीन एमालेको सुदृढ संगठन, सुविचारित लोकतान्त्रिक चरित्र । प्रजातान्त्रिक कम्युनिस्ट र राष्ट्रवादी आन्दोलनमा पुर्याएको योगदानले आएको हो । उहाँको सुविचारले यो जनमत प्राप्त भएको हो र आज पनि उपलब्ध छ । चुनावका बेला तत्कालीन नकपा माओवादीसँग चुनावी मोर्चा या तालमेल मात्रै थियो । त्यो तालमेल निकै फड्को मारेर पार्टी एकताको बिन्दुमा आइपुगेको छ । अहिले केपी ओली कमजोर होइन झन् सुदृढ र झन् बलियो बन्नुभएको छ ।
तपाईंंलाई थाहा छैन प्रधानमन्त्री सबैतिर अल्पमतमा परेर राजीनामाको माग भएको ?
म राजनीतिक दलहरुको सम्बन्ध र त्यसका नेताहरुको सम्बन्धलाई स्वाभाविक रुपमा सहकार्य र प्रतिस्पर्धाको रुपमा ग्रहण गर्न प्रयोग भइआएका विषय वस्तुलाई हेर्न अनुरोध गर्दछु । अन्तरविरोधहरु हरेक पार्टीमा हुन्छन् । किन भने समाजको चरित्र बहुदलीय प्रकृतिको छ । त्यो चरित्रको सोसाइटीका सबै अंगहरु पर्छ । त्यसो हुनाले अतिकति बहस हुनासथ यसोभयो त्यसोभयो होइन । फेरि नेकपा अल्पमत वा बहुमतको सिद्धान्तअनुसार बनेको पार्टी चाहीं होइन । अहिले जसरी दुईवटा पार्टी एकीकृत भएको छ । यो एकता भइरहँदा केपी ओलीलाई पहिला थाहा थियो उहाँ पार्टीको अध्यक्ष पनि हो ।
केपी ओलीलाई त दुवै पद छोड्नुपर्छ भनेर वामदेव गौतमले भनिसक्नुभयो तपाईंलाई थाहा छैन ?
वामदेव गौतम गौतमज्यूले यो पनि बताइसक्नुभयो कि ‘मैले बोलेको हो, त्यसलाई मिडियाहरुले अतिरञ्जनापूर्ण ढंगले प्रस्तुत गरे’ भनेर । मैले भन्दै आएको एउटा कुरा हो, ‘नेपाली प्रेसका ताल यही हुने हो भने आउँदा केही समयपछि विश्वासनीयताको महा शिकार बन्ने छ ।’ यद्यपि म आलोचित भएँ त्यो स्वाभाविक हो । सत्य बोल्दा अलिकति तीतै हुन्छ यो दुनियाँलाई थाहा छ । हो, त्यसको एउटा राकाष्टाको नमुना कहाँनेर देखियो भने वामदेव गौतम जस्तो पुरानो नेता उहाँका उतारचढावहरु आफ्ना छन् । उहाँको नेतृत्वमा सकारात्मक र नकारात्मक उतारचढावहरु छन् । उहाँले समग्र जीवन राजनीतिमा बिताउनुभएको छ । नेकपाको वरिष्ठ नेता हुनुहुन्छ । उहाँले केही कुरा काटीकटी प्रेस नोट हस्तलिखित जारी गर्नुपर्यो । यसको तात्पर्य के होला त्यसैले बजारमा आएको कुरालाई म पत्याउँदिन ।
प्रचण्डले पनि प्रधानमन्त्रीले छोड्नुपर्छ भन्नुभएको छ नि ?
यसलाई यसो गरौं । प्रधानमन्त्रीले छोड्नुपर्छ भनेर कसैको मनमा लाग्न सक्छ । तर, जनमत एउटाको नाममा प्राप्त हुने, यो लोकतान्त्रिक र संसदीय व्यवस्था पनि हो । सजय कुनामा बसेर कसैले दिन्छु भनेर हुँदैन । यदि केपी ओलीलाई सजाय दिनुछ भने जनताले नै हो चुनावमा । यत्ति कुरा सबैले हेक्का राख्नुपर्छ । अल्पमत र बहुमतको खुलमा नेकपा छ भन्ने मलाई लाग्दैन । तर, नेकपा आज जुन ठाउँमा छ नि त्यसको बिन्दु चाहीं कस्तो छ भने सम्पूर्ण एकता नभइसकेको । एउटा ट्रान्जिसनल फेजमा छ यो कुनै भ्रम होइन वास्तविकता हो । त्यो एकताको एउटा मेजर पात्र केपी ओलीले चाहनुभएको थिएन भने र पुष्पकमल दाहालले चाहनुभएको थिएन भने स्वाभाविक रुपमा यो पार्टीको एकता चाहीं हुने थिएन । एकता भइसकेर शैलीगत, भाषागत रुपका अन्तरघुलनमा गुज्रिइरहेको छ र अझै केही वर्ष पनि गुज्रिन्छ । यो चुनौति ठूलो नेताहरुले महसुस गरेका छन् । त्यसैले हटाइसक्नुभयो भन्ने होइन ।
शीर्ष नेताहरुमा छलफल त सुरु भइसकेको छ नि ?
त्यो हो भने एउटा कुरा मान्नुपर्यो । केपी ओलीको फैसलाबिना पुरै हट्ने वा रहने हुन्छ कि केपी ओलीलाई तिम्रो यात्रा सून्य ग्राउण्डतिर भनेर देखाइदिने कसले ? त्यो भन्ने तागत कसैले राख्छ ? म चुनौति दिन्छु । त्यो हैसियत कसैमा छ ?
प्रधानमन्त्रीले जनआकांक्षा अनुसार काम गर्न सक्नुभएन भन्ने गुनासो छ नि ?
केपी ओली अर्को ग्रहबाट आएर बनेको प्रधानमन्त्री हो ? त्यही केपी ओलीको अपिलमा बहुमत आएको छ । स्थानीय चुनावमा कहाँ थियो ? कस–कसको बीचमा सहमति भएको थियो ? त्यसका लेसन लर्न गरेर भएको होला नि पार्टी एकता । त्यसै पार्टी चल्दैन । पार्टी चल्न भावना, दृष्टिकोण र विचारसहितको कुरा हो भने र नेकपाको जीवनभित्र आफ्नो जीवन भनेर कसैले ठान्छ भने तपाईंले भनेको जसरी नेकपाभित्र विवादहरु हल हुँदैन । विवाद हल गर्ने सही तरिका भनेको नेताहरुबीचको सहमति र सहकार्य हो । कम्पिटिसन छ, इच्छा पनि होला तर सहकार्य पनि सँगसँगै हुनुपर्छ ।
केपी ओली बिनाको नेकपाको कल्पना गर्दा प्रचण्ड र माधव नेपालबाट सम्भव छ कि छैन ?
सम्भव नहुने भन्ने कुरा चाहीं मलाई लाग्दैन । त्यसपछिका परिदृश्यहरुका बारेमा कसैले कल्पना गरेको छ कि छैन त्यो चाहीं तपाईं सोध्न चाहन्छु । त्यसपछिको परिकल्पनाभित्र नेकपाको खुद औकात, हैसियत, इतिहासको चक्र कहाँ पुग्छ होला ? त्यो पनि सोचेको होला नि । त्यो केपी ओलीले पनि सोच्नुपर्छ र प्रचण्डले पनि सोच्नुपर्छ ।
तपाईंले यसो भनिरहँदा केपी ओलीको कार्यकाल विवादमा पर्यो नि ?
इतिहासमा नेपाली कांग्रेसले दुई तिहाई दिएर आएको थियो । इतिहासमा नेकपाले फेरि दुई तिहाई लिएर आयो । यी दुईभन्दा अरु यस्ता घटना छैनन् । र, बहुमत नेपाली कांग्रेसले दुईपटक लिएर आएको थियो । २०४८ र २०५६ सालमा । यसरी घटनाक्रमहरु हामीले राम्रोसँग हेर्नुपर्छ । म पनि एउटा विचार राख्छु, अर्कोले पनि राख्न पाउँछ । किन भने विचार र अभिव्यक्ति स्वतन्त्रता छ, र यो कुनै बन्द कोठाको पार्टी होइन नेकपा । अरु मदन भण्डारीले सिर्जित गरेको जबजको सिद्धान्तलाई लिँदा त प्रतिस्पर्धा त यसको चरित्रै हो । ऋषिजी यहाँ म एउटा कुरा बताउँछु, ‘केपी ओली अर्को पार्टीको मिलिजुलीबाट बनेको प्रधानमन्त्री हो ? ल हटाउन त हटाउने तर, आफ्नै पार्टीका विरुद्ध के गरेर हटाउने त ल ?
स्थायी कमिटिमा सबै मिलेर राजीनामा माग्ने ? उहाँले काम गर्न सक्नुभएन, पार्टीलाई बद्नाम बनाउनुभयो ?
कोरोनाविरुद्ध लड्दा के प्रधानमन्त्री सुत्नुभएको छ ? केपी ओलीका यही बीचमा दुईवटा मेजर अप्रेसन भइसक्यो । केपी ओलीले काम गर्न नसकेको हो भने, केही गर्नुभएन होला म यो पनि मान्छु । नेकपा भन्ने पार्टी त एकताबद्ध गरिदिनुभएछ ।
यसमा तपाईंको असन्तुष्टि छ कि छैन ?
आलोचनामुक्त यो देशमा, धर्तीमा कुनै पनि नेता छैन । कांग्रेस पार्टीभित्र शेरबहादुर देउवा, रामचन्द्र पौडेलको ओलाचना छैन ? नेकपाभित्र केपी ओलीको मात्रै आलोचना छ कि पुष्पकमल दाहालमाथि पनि आलोचना छ ? त्यसैले आलोचना मात्रै ठूलो कुरा होइन बल्लबल्ल ठूलो दुःखले आर्जेको एकतालाई टुटाउने काम गर्नुहुँदैन । आपूmसँग होउन्जेल त्यो चिजको केही महत्व हुँदैन । मलाई मन्त्री हुन्जेल केही मतलबै लाग्दैनथ्यो अहिले नहुँदा केही हो र छ जस्तो लाग्छ । जो कहिल्यै मन्त्री भएको छैन उसलाई झन् बेपत्ता लाग्दोहोला ।
तपाईंको पार्टीमा त प्रधानमन्त्रीलाई हटाउन हस्ताक्षर सुरु हुन्छ नि ?
हटाए भो नि त । हटाएपछि के हुन्छ भन्ने कुरा नसोचीकन कसैले हटाउन जस्तो त लाग्दैन । अब कसैलाई जुनतारा खसाल्छु जस्तो लाग्न सक्छ । हिजो पार्टी एकता गरिरहँदा पार्टीभित्र गुट थिएनन् ? खुद माधव नेपाल र केपी ओली प्रतिस्पर्धा भएर उहाँले अध्यक्ष जितेको । केही ओलीलाई यत्तिकै मैले १५ चलाएँ तपाईं नेतृत्व गर्नुहोस् भनेर त माधव कुमरेडले भन्नुभएन । त्यो हार्दिकतासहितको एकता थियो । त्यसले पार्टीमा केही गडबढ भयो ?
तर अहिले काम गर्न सक्नुभएन भनेर गडबड भइराखेको छ नि ?
प्रधानमन्त्रीले के के काम गर्न सक्नुभएन ?
जस्तो अध्यादेश ल्याउनुभयो फिर्ता गर्नुभयो ?
प्रधानमन्त्रीलाई देख्नासाथ कसैलाई ऐठान हुन्छ त म क गरौं ? कसैलाई यस्तो समस्या हुन्छ । त्यो समस्या उहाँको हो प्रधानमन्त्रीको होइन । प्रधानमन्त्रीले ल्याउने अध्यादेश भन्ने कुरा सरकारको सामान्य कार्यसम्पादनभित्र पर्ने कुरा हो । अध्यादेश ल्याउन पनि सक्छ फिर्ता गर्न पनि सक्छ । उसले जे मन लाग्छ त्यो गर्छ । हरेक आएका कुराको विराध र समर्थन भएकै छ केको अध्यादेशको कुरा मात्रै हो र । गुठी विधेयकमा पनि विरोध भएको थियो नि । म यहाँ सबैलाई अनुरोध गर्न चाहन्छु तर मैले बुझेकै सबैले मान्नुपर्छ भन्ने चाहीं छैन ।
अहिलेको बेलामा अध्यादेश आवश्यक थियो ?
यहाँ लकडाउनको विरोध भयो । खान पाइँन भन्छ, कोठामा जाँदा २२ बोरा चामल र ६ बोरा दाल भेटिन्छ । लकडाउन गर भन्छन् अनि सडकमा हिड्ने ताँतिले सरकारको म त रुवाउँदैन हाम्रो मन रुवाउँछ भनेर गीत बनाउँछ ।
तपाईंले भनेर प्रधानमन्त्रीले त्यो अध्यादेश ल्याएको रे नि किन आवश्यक पर्यो ?
त्यसमा दुईवटा अध्यादेश ल्याइएको छ । त्यसमा प्रमुख प्रतिपक्ष दलको नेतालाई बस्नै मिल्दैन भनेर त व्यवस्था गरिएको थिएन । उहाँ नभइकन बैठकै बस्न नमिल्ने र सर्वसम्मत नभइकन निर्णय नै गर्न नमिल्ने भन्ने छ । दलीय व्यवस्थामा सर्वसम्मतको माग गर्न मिल्छ मिल्दैन ? अर्को हाम्रो देशको जुन व्यवस्था छ यसले सिंगल पार्टीको सरकार बनाउने कुरा चाहीं दूर्लभ घटनाहरु हुनेछन् । दलहरु थिग्रेपछि फाइनाली त नेकपा र कांग्रेस मात्रै हुन्छ । व्यक्तिको गरिमाले मात्रै राजनीतिक दलको उदय हुँदैन । त्यहाँभित्र विचार र त्यसको आवश्यकताको पुष्टि हुनुपर्छ । त्यसलाई जनताले ग्रहण गर्नुपर्छ साथै नेशनल र इन्टरनेशनल परिवेशले स्वीकार्नुपर्छ । यहाँ त सरकारलाई छेउ देखे घचेट्ने र भित्तो देखे अचुट्ने गरी प्रतिपक्षी दललेभन्दा बढी खुइल्याएर जाने हो भने कसैलाई दोष लगाउनुपर्दैन ।
आलोचना गर्नेबित्तिकै खुइल्याएको हुन्छ ?
आलोचना गर्नु त राम्रो कुरा हो । तर, हरेक कुरामा संका, विमति, प्रश्न उठाइरहने हो भने भोलि अर्कोले चलाउँदा पनि त्यही हुन्छ कि हुँदैन ?
प्रधानमन्त्रीले छोड्दा पार्टी बँच्छ रे नि ?
प्रमुख प्रतिपक्षी दलका नेता नहुने भनेको होइन । उहाँहरु हुनैपर्ने भन्नेमा उहाँहरु नआएपछि के गर्नुहुन्छ ? संवैधानिक निकायहरुमा कति भयो खाली भएको ? महिला आयोग, अख्तियारलगायतका थुप्रै आयोगहरुमा काम ठप्प भएका छन् । दलित आयोगमा त्यस्तै छ । सरकारले चाहीं दुई तिहाईको सरकार भन्नुपर्ने तर त्यो दुई तिहाईको सरकारले सिन्को पनि भाँच्न नपाउने ? सडकले जे भन्छ र केही केही मान्छेहरुले जे भन्छन् त्यही गर्नुपर्ने हो भने भंग गरौं न त । सबै भंग गरेर रामराज्य घोषणा गरिदिऊ मान्छेहरु आपैm कसर तिर्छन् किन राष्ट्रपति, प्रधानमन्त्री चाहियो ? खर्चको भार ।
संवैधानिक नियुक्ति हुने ठाउँमा प्रतिपक्ष दलको नेताहरु त चाहियो नि सहभागिता हुनुपरेन ? प्रधानमन्त्रीले दुई, तीनजना आफ्ना मान्छे मात्रै राखेर गर्ने ?
ए बाबा अस्ति एउटा भीसी नियुक्ति भएको छ । त्यसमा शेरबहादुर देउवाजीले भनेको मान्छे भएको छ । नेपाली राजनीतिमा एकले अर्कालाई हातै नमिलाउने बोल्दैनबोल्ने छैन । एक, दुई व्यक्तिले त प्रधानमन्त्री आरोप लगाएका छन्, ‘हिट्लर बन्न खोज्यो’ भनेर । उहाँलाई त्यहाँ आउनै नदिने भनेको होइन, तर उहाँबिना निर्णय नै हुन नसक्ने भन्दा कहिल्यै पनि निर्णय नहुने भयो नि । उहाँ आएपछि उहाँको कुरा सुनुवाई भइहाल्छ नि । प्रतिपक्षलाई सम्मान गर्ने, उसको खास हैसियत हुने त संवैधानिक व्यवस्था छ । जहाँसम्म दलसँग सम्बन्धित कुरा छ, त्यो साधारण कुरा हो ।
संविधानमा चाहीं संसदीय दलमा पनि केन्द्रीय समितिमा ४० प्रतिशत चाहिने लेख्नुहुन्छ अनि अहिले आएर किन चाहियो ?
त्यो ४० प्रतिशत कही हटाएकै छैन । र को ठाउँमा वा छ । राजनीतिक दलहरु भनेका चाहीं कानुनका दफाले भन्दा पनि विचारको एकरुपताले बन्ने गर्दछन् । कोही चाहीं बिहान उज्यालो भएदेखि बेलुकासम्म कचकच अथवा निद्रामा पनि कचकच गरिरहन्छ भने त्यस्ता दल कानुनले बँचाइदिन्छ ? एकपा फुट्यो कानुन थियो बच्यो । माओवादी फुट्यो कति टुक्रा भयो दुई, तीन जना त अभैm बाहिर छन् क्यार बाबुराम बाहिर, विप्लब बाहिर, बैद्येबाहिर, के त्यो बेलामा कानुन थिएन ?
अहिले तपाईंहरुलाई अर्का पार्टी फुटाएर सांसद किनबेच गरेर के फाइदा छ ?
कसले सांसद किनबेच ग¥यो ?
समाजवादी पार्टीका सांसदलाई अपहरण भयो रे बाहिर त्यही चर्चा छ नि ?
अपहरण भयो भन्ने मैले तपाईंकै मिडियाबाट सुनेको थिएँ । मुद्दा हाल्न गए भयो नि त अपहरण भएको हो भने ।
डा. बाबुृराम भट्टराई र उपेन्द्र यादव मुद्दा हाल्नसँगै गएका थिए नि ?
उनले त्यो जस्टिफाई गर्नुपर्यो नि । उनको घरमा अपहरण भएको भए तपाईंको दिएको अन्तर्वार्ता सबै हेर्नुहोस् त । घरमा आउनु भो, भात खानुभायो बस्नुभयो, कसैले घाँटी अठ्यायो ? उहाँहरु रातारात पार्टी फुटाएर मन्त्री खान आउने अनि रातारात पार्टी एकताको कुरा छ । त्यो गम्भीर खालको एउटा विषय राखेर आएको छ । त्यो पार्टी एकतामा बहुराष्ट्रिय मान्यता भनिएको छ । त्यो नेपालको संविधान विपरीत हो ।
उहाँहरुको पार्टी त एकता भयो नि ?
त्यो राम्रो कुरा हो शुभकामना छ । नेकपालाई परालको त्यान्द्रो चाहिँदैन अहिले । चाहिएछ भने जुन दिन चाहिन्छ त्यो खोजौला । घरमा टन्न भात खाने अनि ठाउँठाउँमा काही हाँसको छोइला, कही के होलीडे मनाएजस्तो गरेर आएको भनेर तपाईंकैमा गफ्ने अनि अपहरण भन्ने ? आफ्नो परिवार र समर्थकका ६, ७ जना मान्छे पनि लिएर आउने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot