Logo

द्रोपदीको ५ रहस्य जुन महाभारतमा देखिएको थिएन



महाभारतमा द्रोपदीको भुमिका धेरै घमण्डीस् थियो । राजा दु्रपदले कुरु वंशको नाशको लागि उत्पन्न गराएका थिए यसैले याज्ञनिक पनि भनिन्छ ।

द्रोपदीको पुण्यकार्यः द्रोपदीले स्नान गर्ने क्रममा साधुको लंगोट पानीमा बगेको र उनले साधुलाई आफ्नो सारी काटेर दिएकोले साधु प्रसन्न भएर आर्शीवाद दिएका थिए ।

अर्को कथाको अनुसार जब श्रीकृष्णले शिशुपालको हत्या गरेपछि उनको औला बाट्यो र रगत बग्यो । द्रोपदीले छिटो छिटो आफ्नो सारी च्यातेर कृष्णको औलामा बाभिदिएकी थिइन् । र कृष्णले सारीको मुल्य अवश्य फिर्ता गर्छु भनेका थिए ।

द्रोपदीको पतिः महाभारतको अनुसार द्रोपदीको पति पाँच थिए तर उनले १४ पतिको पत्नि बन्न सक्ने वरदान पाएकी थिइन् । यसको कारण द्रोपदीको पुर्व जन्ममा लुकेको थियो । पुर्व जन्ममा द्रोपदीले भगवान शिवको कडा तपस्या गरेकोले नयाँ जन्ममा १४ इच्छित गुण भएका १४ पति मिल्ने वरदान पाएकी थिइन् ।

कर्ण, कृष्ण र द्रोपदीमा समानताः द्रोपदीको मुल नाम कृष्णा थियो । श्रीकृष्ण र द्रोपदी राम्रा मित्र थिए । भनिन्छ श्रीकृष्णको मांसपेशी हल्का तर युद्धको समयमा बढ्ने खालको थियो । त्यसैले देख्दा केटीको जस्तो देखिन्थ्यो । यस्तो शरीर कर्ण र द्रोपदीको पनि थियो भनिन्छ । द्रोपदीले कर्णसँग विवाह गर्न चाहेकी थिइन् तर कर्ण सुतपुत्र भएकोले आफ्नो इच्छा परिर्वतन गरेकी थिइन् । उनले सभामा कर्णको अपमान गरेकाले चीरहरण हुँदा समेत कर्णले अपमानको बदला लिएका थिए ।

द्रोपदीले कृष्णलाई चाहान्थिन्ः यस्ता पनि किंवदन्ती छ पाण्डव र कर्ण भन्दा पनि पहिले द्रोपदीले कृष्णलाई चाहन्थिन् । उनले सर्वश्रेष्ठ कृष्णसँग उनी विवाह गर्न चाहान्थिन् तर कृष्णले नै द्रोपदीलाई इन्द्र पुत्र वा देवपुत्र अर्जुनको बारेमा सम्झाएका थिए । यसरी कृष्णले उनलाई अर्जुन तर्फ मोडाएका थिए । कृष्णले नै उनको लागि सर्वश्रेष्ठ वर छान्नको लागि मद्दत गरेका थिए । उनकै सल्लाहमा सर्वश्रेष्ठ धनुर्धरले द्रोपदीसँग विवाह गरी इच्छा पुरा गर्ने प्रतियोगिता राखेका थिए ।

द्रोपदीको जीवनः उनले पाँच पुरुषसँग विवाह गरेपनि उनको चिरहरण भयो । मत्स्य वंशको राजा कीचकले द्रोपदीलाई जबरजस्ती गर्न चाहेका थिए । पछि पाण्डवहरुले अन्य महिलासँग विवाह गरेर फरक फरक परिवार बसाले पछि द्रोपदी एक्लै भइन् । द्रोपदीसँग पाण्डवहरुको पाँच पुत्र थिए । अज्ञातवासको समयमा द्रोपदी सुदेशनाको दास बन्न परेको थियो । उनले पाँच मानिससँग विवाह गरेपनि कन्या समान पवित्र साबित हुन्थिन् आफ्नो पवित्रता र चरित्रलाई समाजमा सक्षम सिद्ध गरिदिइन् । महाभारत उनकै कारणले भएको मानिएको छ । सबैभन्दा त्रासदी द्रोपदीलाई आफ्ना सबै सन्तान सुतेको समयमा युद्धको अन्तिममा अश्रथमाले मारेका थिए ।



प्रतिक्रिया दिनुहोस्