Logo

गाँजा सहित पक्राउ



काठमाडौं, १५ वैशाख । अवैध लागूऔषध गाँजा सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । धनुषा, बिदेह नगरपालिकाबाट अवैध लागूऔषध गाँजा १ किलो सहित २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा सोही नगरपालिकाका प्रमोद दास र दिप नारायण दास रहेका छन् । प्रहरी चौकी गिद्दाबाट खटिएको प्रहरीले हट्ठीपुरबाट बफैतर्फ आउँदै गरेको ज.१० प २३१२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध गाँजा सहित फेला पारी मोटरसाइकल चालक दास र मोटरसइकलमा सवार दिपलाई पक्राउ गरेको हो ।

त्यस्तै नवलपरासी(पूर्व), मध्यबिन्दु नगरपालिका अरुणखोलास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १.५ किलो सहित सोही नगरपालिका माथिल्लो भ्युरानका तेज बहादुर नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अरुणखोलाबाट खटिएको प्रहरीले लु.५९ प ९४५१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक तेजलाई पक्राउ गरेको हो । साथै मोटरसाइकलमा उनीसँगै सवार सोही ठाउँका सुरेश कुमाल फरार रहेकोले प्रहरीले खोजी गरिहरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot