Logo

बन्दुक सहित पक्राउ



काठमाडौं, १५ वैशाख । भरुवा बन्दुक सहित एकजनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सिरहा, कर्जन्हा नगरपालिकाका सोम बाहादुर खप्तडी मगर भरुवा बन्दुक १ थान सहित पक्राउ परेका हुन् । मगरले भरुवा बन्दुक लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्दिपुर र ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लोड गरेको अवस्थामा उक्त बन्दुक सहित फेला पारी उनलाई पक्राउ गरको हो ।

त्यस्तै कपिलवस्तु, वाणगंगा नगरपालिकाका दुर्गा रेग्मीको गोठबाट भरुवा बन्दुक २ थान आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । उक्त गोठमा भरुवा बन्दुक रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक फेला पारी बरामद गरेको हो । हाल सम्पर्क विहिन रेग्मीको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot