Logo

कपाल चम्किलो बनाउने उपाय



कपालले तपाइँको व्यक्तित्वमा निखार ल्याउछ यसैले यसको हरेक मौसममा हेरचाह गर्नु आवश्यक हुन्छ । गर्मी मौसममा कपाल धेरै घाम र धुलोबाट रुखो र निर्जीव हुनसक्छ । कपालको पोषण सकिएर कपाल सुख्खा हुन्छ । यसैले हरेक मौसममा कपालको ख्याल राख्नु जरुरी हुन्छ ।

  • चर्को घामबाट कपाल टुक्रो र झर्ने थाल्छ । यसलाई कम गर्न प्रतिदिन नुहाउनु भन्दा एक घण्टा अघि जैतुनको तेल लगाउने र राम्रोसँग मालिश गर्ने । यसपछि कपालमा श्याम्पु लगाई मनतातो पानीले धुने । जैतुनको तेलले कपाललाई मजबुद बनाउनुको साथै चमकदार पनि बनाउछ ।
  • चियापत्तीलाई उमालेर छानेर र पानीलाई चिसो बनाई आफ्नो कपाल धुँदा हाम्रो कपाल चमकदार, मजबुत र कालो हुन्छ ।
  • प्रतिदिन श्याम्पुको साथमा अन्डा मिक्स गरेर कपालमा लगाएर मनतातो पानीले कपाल धुनुपर्छ । अन्डामा पर्याप्त मात्रामा प्रोटीन पाइन्छ जसले कपाललाई मजबुद बनाउन मद्दत गर्छ ।
  • सरसोको तेलमा दही मिसाएर केही समय कपाल मालिश गर्नाले कपाल बाक्लो र चमकदार देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्

Screenshot