काठमाडौं, बैशाख १६ । कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या दुई लाख ११ हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार मंगलबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या दुई लाख ११ हजार २ सय २ पुगेको जनाइएको छ।
यस्तै ३० लाख ६९ हजार ८१ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ९ लाख १९ हजार ७ सय ४७ जना निको भइसकेका छन्।