Logo

डिएसपीले बचाँए युवतीको ज्यान



बैतडी, बैशाख १६ । महिनावारीका बेला अत्यधिक रक्तश्राव हुने समस्याबाट ग्रसित एक युवतीलाई बैतडीस्थित सशस्त्र प्रहरी प्रमुखले रक्तदान गरेर बचाएका छन्। दशरथचन्द नगरपालिका–८ की युवती उक्त समस्याले जिल्ला अस्पतालमा उपचाररत रहेका बेला बैतडीस्थित सशस्त्र प्रहरी बल नं ५१ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले सोमबार रगत दिएका हुन् ।

बी पाजेटिभ रगत अभाव भएपछि बिरामीका आफन्तले सशस्त्र प्रहरीलाई गुहारेको थियो । युवतीको अहिले जिल्ला अस्पतालमै उपचार भइरहेको छ । लकडाउनका बेला रगत खोज्न समस्या भइरहेका बेला रगत पाउँदा उपचारमा सहज भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन ।

बैतडीमा रक्तसञ्चार केन्द्र नहुँदा सेना प्रहरीकै भर पर्नुपर्ने बाध्यता कायमै छ । सुदूरपश्चिम प्रदेश सरकारले रक्तसञ्चार केन्द्र स्थापनाका लागि बजेट विनियोजन गरेको भए पनि जिल्लामा हालसम्म केन्द्र सञ्चालन हुनसकेको छैन । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot