Logo

राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षीबीच फोन वार्ता, कोरोना विरुद्ध लड्न चीनले सहयोग गर्ने



काठमाडौं, १६ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सि जिनपिङबीच टेलिफोन वार्ता भएको छ । सो क्रममा दुई नेताबीच हाल विश्वमा कायम रहेको कोरोना भाइरको संक्रमण त्यसले विश्वभर पारेको असरका बारेमा कुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

साथै कुराकानीका क्रममा सम्बन्धि देशका सरकारले चालेका कदमका बारेमा पनि छलफल भएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले चीनले कोरोना विरुद्ध लड्न लिएको दारो प्रयासको प्रशंसा गर्नुका साथै विश्वमा कारोनासँग संघर्ष गरी रहेका मुलुकहरुलाई चीनले पु¥याएको सहयोगको पनि प्रशंसा गर्न भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसको प्रतिउत्तरमा चिनियाँ राष्ट्रपतिले नेपालमा सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न लिएको चुस्त र दरिलो नीतिको प्रशंसा गर्नुका साथै यसको नियन्त्रणका लागि चिनियाँ सहयोगको सुनिश्चितता दिलाउनु भएको थियो । चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओली मृर्गौला प्रत्यारोपण पूरा गरी काममा फर्कनु भएकोमा खुशी व्यक्त गर्नुका साथै उहाँको सुस्वास्थ्यको कामना गर्नु भएको थियो । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot