Logo

नेता सिटौलाका छोराको विवाहभोजको रकम स्थानीय तहलाई



सुरुङ्गा, १६ वैशाख : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफ्ना छोरा श्यामको विवाहमा गरिने भोजको रकम स्थानीय तहलाई प्रदान गरेका छन् । नेता सिटौलाले सोमबार झापाको बाह्रदशी, कचनकवल र हल्दिवारी गाउँपालिकासहित भद्रपुर तथा विर्तामोड नगरपालिकालाई रु पाँँच लाख प्रदान गरेका हुन् । आइतबार सिटौलाले आफ्ना छोरा श्यामको विवाह विर्तामोड निवासी ओमकृष्ण विमलीकी जेठी छोरी मनिषासँग दिवालग्नमा गराएका थिए ।

नेता सिटौला लकडाउनको पालना गर्दै बेहुला श्याम, आफ्ना दुई अङ्गरक्षक र अन्य तीन गरी सात जना मात्र जन्ती लिएर बेहुलीको घर पुगेका हिये । उता बेहुली पक्षका पनि १५ जना मात्र थिए । बेहुली पक्षले घरमा बेहुला र जन्तीलाई स्वागत गर्न १५ जनालाई मात्र उपस्थिति गराएको थियो । विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि अपनाएको सुरक्षा अवलम्बन गर्दै नेता सिटौलाले आफ्ना छोराको विवाह सम्पन्न गरेपछि आफ्नो निर्वाचन क्षेत्रमा रहेका विपन्न, असहाय तथा मजदुर वर्गलाई राहत पु¥याउने उद्देश्यले पाँच वटा पालिकालाई रु पाँच लाख सहयोग गरेका हुन् ।

छोराबुहारीको इच्छानुसार नेता सिटौलाले विवाहभोजमा गरिने खर्च स्थानीय तहलाई हस्तान्तरण गर्नुभएको काँग्रेस नेता नवीन विमलीले जानकारी दिए । सिटौलाले बाह्रदशी, हल्दिबारी, कचनकवल गाउँपालिका र भद्रपुर नगरपालिकालाई एक÷एक लाख प्रदान गरेका थिए भने भद्रपुर नगरपालिका–१० र विर्तामोड नगरपालिका–१० लाई ५०÷ ५० हजार सहयोग गरेका हुन् ।रासस File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot