Logo

“पार्टीको भविष्यप्रति जिम्मेवारी नलिनेले पद छाड्नुपर्छ” –भीम रावल



काठमाडौं, १६ बैशाख । नेकपा स्थायी कमिटी सदस्य डा. भीम रावलले पार्टीको भविष्यप्रति जिम्मेवारी नलिने प्रधानमन्त्री के पी शर्मा ओलीले आवश्यक परे पद छाड्नुपर्ने वताउनु भएको छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषी धमलासंग कुरा गर्दै उनले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले पार्टीलाई फाउन्डेसनको नाममा संचालन गरेर गुट भेला गरी पार्टी विभाजन गर्न खोज्ने अनिष्ट काम गरेको आरोप समेत लगाएका छन् । प्रधानमन्त्रीले कसैलाई नसोधी पार्टी फुटाउने अध्यादेश ल्याएको गल्ती सानो तिनो त्रुटि नभएको भन्दै गम्भीर भएकाले निकास दिनुपर्ने उनको माग छ ।

त्यसका लागि छिट्टै स्थायी कमिटी र केन्द्रिय कमिटी वैठक वोलाउनुपर्ने रावलको माग छ । प्रधानमन्त्री ओलीले कुन कुन कुरावाट राजिनमा दिने हो तय उनले नै गर्नुपर्ने रावलको भनाई छ । रावलले हिजो प्रधानमन्त्री वलीले सरकारी निवास बालुवाटारमा गुटगत भेला वोलाएर छलफल चलाएपछि अध्यादेश ल्याउनुको मनासय स्पष्ट भएको वताएका छन् ।

रावलले अहिले प्रधानमन्त्रीले पार्टी एकताको लागि मार्ग प्रशस्त गर्नुपर्ने भन्दै वरिष्ठनेता माधव नेपाल मजधारमा नरहेको स्पष्ट पनि पार्नुभएको छ । पछिल्लो समय नेकपाभित्र विवाद चर्किँदै गएको छ ।(रेडियोएनआरएनडटकमबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot