Logo

प्रधानमन्त्री ओलीलाई प्रचण्डको सन्देश: “म तपाईलाई हटाउने पक्षमा छैन्”



काठमाडौं, १६ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई छिटो सचिवालय बैठक डाक्न आग्रह गरेका छन् । उनले पछिल्लो समय पार्टीभित्रको अन्तरविरोध चुलिँदै गएको भन्दै यसबारेमा चिन्तित रहेर छिटो बैठक बोलाउनुपर्ने माग गरेका हुन् । त्यस्तै, उनले आफू अहिले प्रधानमन्त्री हटाउने पक्षमा पनि नरहेको भन्दै राजनीतिक स्थिरताका लागि यही सरकारले अर्को निर्वाचन नभएसम्म काम गर्नुपर्नेपनि सन्देश बालुवाटार पठाएको स्रोतको दाबी छ ।

अध्यादेश खारेजीसँगै नेकपाभित्र प्रधानमन्त्री ओलीविरुद्ध मोर्चाबन्दी भैरहेको छ । अध्यक्ष दाहालले बरिष्ठ नेता माधव कुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले तत्काल स्थायी कमिटीको बैठक बोलाउन माग गरेका छन् । यसमा महासचिव विष्णु पौडेलको पनि सहमति रहेको बुझिएको छ । यो बीचमा प्रधानमन्त्री ओली पार्टीभित्रका सबै मोर्चामा अल्पमतमा परेको दाबी गरिएपनि उनले भने जस्तोसुकै परिस्थितिको पनि सामना गर्ने चेतावनी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot