Logo

लकडाउनको व्यापक उल्लंघन, काठमाडौंका सडकमा सवारीको चाप बढ्यो



काठमाडौं, १६ बैशाख । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि लकडाउन लगाएको छ। लकडाउन यही बैशाख २५ गतेसम्म कायम गरिएको छ । तर, विस्तारै विस्तारै काठमाडौं उपत्यकामा सवारी साधनको चाप बढेको छ । दिनहुँ लकडाउन उल्लंघन गरेको आरोपमा सवारीसाधनहरु प्रहरीले नियन्त्रणमा लिने गरेका छन् । धेरैजसो त कारबाहीमा समेत परेका छन् ।

सरकारले लकडाउन खुकुलो बनाउनेबारे विकल्पमा छलफलमा चलाएसँगै काठमाडौंमा सवारीसाधनको चाप बढेको बुझिएको छ । आज लकडाउनको ३६औं दिन हो । काठमाडौंको दरबारमार्ग र भद्रकालीमा ठूलो संख्यामा सवारी देखिएका थिए । कतिपय सवारीसाधन भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोरोनाको महामारी प्राइमको खबरदारी

Posted by Prime Times Television, Nepal on Monday, 27 April 2020

ट्राफिक प्रहरीले उपत्यकामा कडाईका साथ चेकिङ थालेको हो। काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने आठ सय १४ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार साढे ११ बजेसम्म ८ सय १४ सवारीसाधनलाई नियन्त्रणमा लिइसकेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । तस्विर : अमृत खतिवडा



प्रतिक्रिया दिनुहोस्