Logo

माधव नेपालसँग कुरा नमिलेपछि प्रधानमन्त्री ओलीले बोलाए प्रचण्डलाई



काठमाडौं, १६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता हुने भएको छ । अहिले केही बेरमा दुई अध्यक्षबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु हुन लागेको छ । स्रोतकाअनुसार त्यसको लागि अध्यक्ष दाहाल बालुवाटार छिरिसकेका छन् । यसअघि ओलीले बरिष्ठ नेता माधव कुमार नेपालसँग छलफल गरेका थिए । नेकपाभित्र पछिल्लो समय शक्ति संघर्ष सुरु भएको छ ।

बालुवाटार छिर्नुअघि अध्यक्ष दाहालले पूर्व माओवादी केन्द्रका नेताहरुसँग छुट्टै छलफल गरेका थिए । पार्टीभित्र अध्यक्ष ओलीविरुद्ध जनमत बलियो बनेको भन्दै प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्छ भनेर माधव नेपाल समूहले आवाज उठाईरहेको बेला दुई नेताबीच छलफल हुन लागेको आजको छलफल महत्वपूर्ण मानिएको छ । तर, दाहालले तत्काल सचिवालय बैठक बोलाउन, त्यसलगत्तै स्थायी कमिटी बोलाउन माग गर्ने पूर्ववत अडान भने कायम राख्ने मनस्थिति बनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्