काठमाडौं, १६ बैशाख । प्रहरीले दर्ता गर्न नमानेपछि जनता समाजवादीका सांसद डा सुरेन्द्र यादवले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अपहरणको जाहेरी दिने भएका छन् । आज मंगलबार जाहेरी दिने उनको तयारी छ ।
कानून व्यवसायीको रायअनुसार उनी सरकारी वकिल कार्यालयमा जान लागेका हुन् । नेकपाका सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध किटानी जाहेर लिएर सांसद यादव तथा जनता समाजवादीका नेताहरु आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं गएका थिए । काठमाडौं प्रहरीले घटना महोत्तरीमा भएको भन्दै जाहेरी लिन अस्वीकार गरेको थियो ।
‘आज कांग्रेस लगायतका दलसँग यही विषयमा छलफल भएकाले जान भ्याएनौं,’ जनता समाजवादीका नेता केशब झाले भने,‘यसमा हामीलाई नेपाली कांग्रेसले पनि साथ दिने भएको छ, मंगलबार सरकारी वकिल कार्यालयमा जान्छौं ।’ अपहरण तथा शरिर बन्धक मुद्दामा अधिकतम सजाय माग दाबी गरी जाहेरी दिन लागिएको छ ।
सो घटनामा महोत्तरी प्रहरीले समेत दुई सांसद र पूर्व प्रहरी महानिरीक्षक खनाललाई सहयोग गरेको प्रष्ट भइसकेको छ । महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले उनीहरुलाई बर्दिबासको गौतम होटलमा राखेका थिए । उनले पिएसओलाई फोन गरेर आफ्नो लोकेसन पत्ता लगाएको डा। यादबले बताएका छन् ।
जसअनुसार घटनामा महोत्तरी प्रहरीले सघाएको प्रष्ट हुन्छ । अब जाहेरी दर्ता गरेपनि अनुसन्धान गर्ने व्यक्ति पनि उनै एसपी हुनेछन् । जसकारण निष्पक्ष अनुसन्धान हुन नसक्ने तथा प्रमाण समेत लुक्ने भएकाले उनको सरुवा गर्न प्रदेश २ को सरकारले दबाब दिएको छ । उच्च प्रहरी अधिकारीले पनि पछि प्रहरी नै विवादमा तानिन सक्ने भन्दै महोत्तरीका एसपीलाई सरुवा गर्न प्रहरी महानिरीक्षक ज्ञवालीलाई सुझाव दिएका छन् ।
काठमाडौंको म्यारियट होटलमा आफुलाई बन्धक बनाइएको यादबको दाबी छ । होटलको सिसिटिभी फुटेज लगायतको संरक्षणमा पनि प्रहरीले चासो दिएको छैन । जसकारण पछि अनुसन्धान विवादमा फस्न सक्ने जोखिम छ ।
कानून व्यवसायीको रायअनुसार उनी सरकारी वकिल कार्यालयमा जान लागेका हुन् । नेकपाका सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध किटानी जाहेर लिएर सांसद यादब तथा जनता समाजवादीका नेताहरु आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं गएका थिए । काठमाडौं प्रहरीले घटना महोत्तरीमा भएको भन्दै जाहेरी लिन अस्वीकार गरेको थियो ।
‘आज कांग्रेस लगायतका दलसँग यही विषयमा छलफल भएकाले जान भ्याएनौं,’ जनता समाजवादीका नेता केशब झाले भने,‘यसमा हामीलाई नेपाली कांग्रेसले पनि साथ दिने भएको छ, मंगलबार सरकारी वकिल कार्यालयमा जान्छौं ।’ अपहरण तथा शरिर बन्धक मुद्दामा अधिकतम सजाय माग दाबी गरी जाहेरी दिन लागिएको छ ।
तत्कालिन समाजवादी पार्टी फुटाउनका लागि पूर्व प्रहरी महानिरीक्षक खनालमार्फत डा। यादबलाई फकाएर काठमाडौं ल्याउन उनीहरुको टोली बुधबार बिहान महोत्तरी पुगेको थियो । प्रलोभन र दबाबमा पारेर आफूलाई काठमाडौं ल्याएको र म्यारियट होटलमा राखिएको उनको जाहेरीमा उल्लेख छ ।
मुलुकी फौजदारी(कार्यविधि) संहिता ऐन २०७४ को दफा ५ मा सम्बन्धित प्रहरी कार्यालयले जाहेरी दर्ता नगरेमा जिल्ला सरकार वकिल कार्यालय तथा माथिल्लो प्रहरी कार्यालयमा जाहेरी दिन सकिने उल्लेख छ । सोहीअनुसार सरकारी वकिल कार्यालयमा उनी जान लागेका हुन् ।
दफा ५ मा भनिएको छ‘ दफा ४ को उपदफा (१) बमोजिम दिएको जाहेरी दरखास्त वा सूचना सम्बन्धित प्रहरी कार्यालयले दर्ता गर्न इन्कार गरेमा जाहेरी दरखास्त वा सूचना गर्ने ब्यक्तिले त्यस्तो व्यहोरा खुलाई सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालय वा त्यस्तो जाहेरी दरखास्त वा सूचना दर्ता गर्नु पर्ने प्रहरी कार्यालयभन्दा माथिल्लो तहको प्रहरी कार्यालयमा जाहेरी दरखास्त वा सूचना सहित उजुर गर्न सक्नेछ ।’ सरकारी वकिल कार्यालयले पनि जाहेरी नलिएमा सर्वाेच्च अदालत जाने उनीहरुको तयारी छ । सर्वाेच्चको पूर्ण इजलाशको बैठकले मंगलबारदेखि सबैप्रकारका रिट दर्ता र सुनुवाई गर्ने निर्णय गरिसकेको छ । मुलकी अपराध संहिता कुनै पनि जाहेरी लिनैपर्ने उल्लेख छ ।
प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले भने काठमाडौं प्रहरीको कार्यक्षेत्र नपरेकाले महोत्तरीमा जाहेरी दर्ता हुने बताएका छन् । पीडित पक्ष काठमाडौंमै जाहेरी दर्ता गर्ने पक्षमा छ । प्रहरीले काठमाडौंमा जाहेरी दर्ता गरेर महोत्तरी पठाउन सक्ने समेत प्रावधान छ । अन्य निकायबाट दर्ता भएर जाहेरी प्रहरीकै आउने भएकाले प्रहरी नेतृत्व महोत्तरीमार्फत जाहेरी दर्ता गर्ने निष्कर्षमा पुगेको स्रोत बताउँछ । दृष्टिबाट File Photo