Logo

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको छलफल सम्पन्न, ठोस सहमति भएन



काठमाडौं, १६ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद हल गर्ने उद्देश्यले भएको प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सम्पन्न भएको छ । करिब दुई घण्टा लामो भेटवार्तामा ठोस सहमति केही पनि नभएको नेकपानिकट उच्च स्रोतले जनाएको छ ।

पछिल्लो विवाद समाधानको लागि अध्यक्ष दाहाल, बरिष्ठ नेताद्धय माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेताले तत्काल सचिवालय बैठक र त्यसपछि स्थायी कमिटीको बैठक डाक्नुपर्ने अडान राखेका छन् । तर, प्रधानमन्त्री ओलीले बैठक नराख्नेगरि आलटाल गरिरहेका छन् । FILE PHOTO



प्रतिक्रिया दिनुहोस्