Logo

इवोला भाइरसको कारण



इवोला भाइरसले अफ्रिकामा सबैभन्दा बढी संकट निम्त्याएको थियो । यसको कारणबारे वैज्ञानिकहरुले लामै अनुसन्धान गरेका थिए । यसको कारण समेत पत्ता लागेको छ ।

  • जनावरबाट मानिसमा संक्रमण
  • रगतः संक्रमित जनावरलाई टोक्ने र खाएमा संक्रमण फैलन्छ ।
  • अपशिष्टः अफ्रिकाको केही गुफामा जाने पर्यटक र खानकर्मी मारबर्गबाट भाइरस संक्रमित हुन्छ ।
  • एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण हुन्छ ।

–अफ्रिकाको यात्रा गर्दा

–जनावरको अध्ययन गर्न जानाले

–संक्रमित व्यक्तिको चिकित्सकीय वा व्यक्तिगत हेरचाह

इवोला भाइरसबाट बच्ने उपाय

  • यो रोगको प्रकोप भएको स्थानमा नजाने
  • नियमित रुपमा हात धुने
  • जंगली जनावरको मासु नखाने
  • संक्रमित मानिसबाट टाढा रहने
  • संक्रमण नियन्त्रणको प्रक्रिया पालन गर्ने
  • इवोला संक्रमित व्यक्तिको शव नछुने

उपचार

  • तरल पद्धार्थ पिउने
  • रक्तचाप नियन्त्रण
  • आवश्यकता अनुसार अक्सिजन प्रदान गर्ने
  • शरीरमा रगतको मात्रा घट्न नदिने
  • यो रोग लागेको समयमा अन्य रोगको संक्रमणको उपचार गर्ने

इवोला भाइरसको जटिलता

  • शरीरको अंगले काम नगर्ने
  • अत्यधिक रक्तश्राव
  • पहेलोपन
  • आक्रमण
  • कोमामा जाने
  • भट्का
  • कपाल झर्ने
  • सुन्ने क्षमता, देख्ने क्षमतामा ह्रास, खानाको स्वादमा परिर्वतन र केही छोएको थाहा नहुनु
  • लिवर सुन्निनु
  • कमजोरी
  • थकावट
  • टाउको दुख्ने
  • आँखा सुन्निनु
  • अन्डाशय सुन्निने



प्रतिक्रिया दिनुहोस्