Logo

यी पाँच चीजबाट टाढा हुनु राम्रो



  • अर्काको दुःखमा रमाउनः यदि कोही कसैमाथी नराम्रो भइरहेको छ भने उसप्रति चासो नदिनु नै राम्रो हुन्छ । अर्काको दुःखमा आनन्द लिनु हुँदैन । यदि चासो राख्ने पर्ने भएमा उक्त कुरामा अन्धो र लाटो जस्तो हुनुपर्छ ताकी उ आफै शान्त हुन्छ ।
  • आफुभित्रको अर्काको बाहिरबाट तुलना गर्नः हाम्रो आफ्नो दुःखमा अरु खुशी हुन्छन् । यसलाई मानविय दोष भनिन्छ । धेरै दुःखको कारण हामी आफै होइन् तर अर्काको खुशी हो । हामीले व्यक्तिहरुको बाहिरी रुप देख्छौ त्यो अधिंकाश मानिसको नक्क्ली रुप हो र यसलाई व्यक्तिको भित्री व्यक्तित्वसँग तुलना गर्दछौ ।आफैमा सुधार गर्दै जानु पर्छ र व्यर्थमा तुलना गर्नू हुँदैन ।
  • कुनै कामको लागि अरुमा भर पर्नः आफ्ना कुनै काम सम्पन्न गर्न अरुको भर पर्नु हुन्न । आफ्नो आत्मविश्वास बलियो बनाउनु पर्छ । जीवनका अनेकौ चुनौतिहरु पार गर्दै लानु पर्छ ।
  • बितिसकेको कुरालाई सम्झेर सोचेर दुःखी हुनः जसले आफु रोएको अरलाई देखाउछ उसलाई सहानुभुती देखाउनुको सट्टा कुरा काट्न थाल्छ । सकिएको कुरालाई सम्झेर वर्तमानमा कुनै फाइदा हुँदैन घाटा मात्रा हुन्छ ।
  • अरुले जे चाहान्नन् त्यसमा नै केन्द्रित हुनुः सम्पुर्ण ब्राहण्डमा हामी जुन चीज ध्यान केन्द्रित गर्छौ उक्त चीजमा आश्र्चयजनक रुपमा वृद्धि हुन्छ । यसकारण तपाइँ आफुमा जे हुन चाहेको हो उहि माथी केन्द्रित हुनुहोस् ।



प्रतिक्रिया दिनुहोस्