Logo

लकडाउनमा छोगडा तस्कर पक्राउ



पर्सा, १६ वैशाख । छोगडा सहित निशाल भन्ने विशाल क्षेत्रीलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका रजतजयन्ती चोकबाट करिब २५ लाख रुपैयाँ मूल्य बराबरको २५ हजार किलो छोगडा सहित सोही ठाउँका क्षेत्री पक्राउ परेका हुन्् ।

जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले ना.५ ख ९८५९ नम्बरको ट्रकमा छोगडा लोड गरिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । पक्राउ विशाललाई बरामद छोगडा सहित आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय पठाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot