Logo

गाँजा सहित पक्राउ



कास्की, १६ वैशाख । अवैध लागूऔषध गाँजा सहित एकजनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । रुपा गाउँपालिकाबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्राम सहित लमजुङ बेशीशहर नगरपालिका गाउँशहरका रोशन दुलाल पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय हंशपुरबाट खटिएको प्रहरीले लमजुङबाट पोखरातर्फ जाँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot