Logo

कुटपिटबाट एक जनाको मृत्यु, पाँच पक्राउ



सर्लाही, १६ वैशाख । कुटपिट गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हरिपुर्वा नगरपालिका बस्तपुरका सैदुल खातुनको कुटपिटबाट सोमबार मृत्यु भएको छ । खातुनलाई कुटपिट गरेको अभियोगमा सोही ठाउँका ५ जनालाई पक्राउ गरेको हो ।

बच्चाहरुबीच झै–झगडा भएको विषयलाई लिएर सोही ठाउँका खोधदी अन्सरी सहित सम्पुर्ण परिवारहरुले खातुनलाई कुटपिट गर्दा गम्भीर घाइते भई प्रादेशिक अस्पताल जनकपुरमा उपचार पश्चात थप उपचारको लागि जानकी अस्पताल जनकपुरतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot