Logo

कहाँ पुग्यो कोरोना परिक्षण ? उपचाररतको अवस्था कस्तो छ ?



वैशाख १६, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल ५४ हजार ८ सय २६ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा १ हजार १ सय ९३ वटा परीक्षण भएको छ । हालसम्म १० हजार ८ सय ७ जनाको पिसीआर परीक्षण र ४४ हजार १९ जनाको ¥यापिड अर्थात आरडिटी टेस्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

पछिल्ला दिनमा प्रदेश सरकारमार्फत आरडटी अर्थात ¥यापिड टेस्ट परीक्षण भइरहेको छ । सबै जिल्लामा यो परीक्षण भइरहेको छ । अहिलेसम्म प्रदेश एकमा ४८२८, प्रदेश दुईमा ५२४९, बागमति प्रदेशमा ८०१४, गण्डकी प्रदेशमा ४९३६, प्रदेश पाँचमा ५३२८, सुदूरपश्चिम प्रदेशमा १२,२८३ र कर्णाली प्रदेशमा ५१८१ जनाको ¥यापिड टेस्ट सम्पन्न भएको छ । मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा २२ हजार ९९ व्यक्ति छन् । आइसोलेसनमा १ सय ७ जना सम्भावित संक्रमित रहेका छन् ।

नागरिकले कोरोनासम्बन्धी गुनासो गरुन भनेर सरकारले संचालन गरेको दुई वटा कल सेन्टरहरु (११३३ र १११५) मा पछिल्लो २४ घण्टामा २ हजार ३० वटा कलको सम्बोधन भएको छ । हाम्रो स्वास्थ्य नामको मोबाइल एप्स र वेवसाइटमार्फत स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको संख्या हालसम्म २८ हजार १ सय २५ रहेको छ । तिमध्ये ३ सय ९ जना रेड जोन अर्थात सम्भावित संक्रमित मानिएको छ । स्वमूल्याङ्कनका आधार र आइसोलेसनमा रहेका गरी कूल ४ सय १६ जनालाई सम्भावित जोखिमको सूचिमा राखिएको छ ।

नयाँ संक्रमित :
भारतबाट नेपाल आएका रौतहटका दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ९ भुसाहा बस्ने २४ वर्षीय र देवाही गोनाही नगरपालिका वडा नम्बर १ करुनीया बस्ने ३५ वर्षीय गरी दुईजना पुरूषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । प्रादेशिक ल्याब जनकपुरबाट पिसिआर रिर्पोट नेगेटिभ आएपछि घर फर्काइएको ती युवाको स्वाब काठमाडौँस्थित केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता देवकोटोल जानकारी दिए ।

दुई जना थपिएसँगै नेपालका कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । तिमध्ये १६ जना उपचारपछि निको भइसकेका छन् । बाँकी उपचाररतको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्