Logo

भन्सार छलेर ल्याउँदै गरेको औषधी सहित पक्राउ



सुनसरी, १६ वैशाख । अवैध रुपमा भन्सार छलि लुकाइछिपाई ल्याउँदै गरेको औषधी सहित भरत दासलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । हरिनगरा गाउँपालोला भुटाहाबाट अवैध रुपमा भन्सार छलि लुकाइछिपाई ल्याउँदै गरेको विभिन्न औषधी सहित सोही ठाउँका दास पक्राउ परेका हुन्् ।

उनको साथबाट भाइबल मल्टि भिटामिन ४ सय पत्ता, न्युल्याब याक्टिभ ४ सय पत्ता, क्रिप्रोयुस टि जेड १० पत्ता, गेमसोलिन २९ पत्ता, एसलफिल्स ८० पत्ता, मेगामेसन–६६५ १० पत्ता, इन्ट्रोक्रोनोजोल क्याप्सुल २० पत्ता, डर्मिकेमोइ ९३ पिस र लुलिगाड्र्रीम १५ पिस फेला पारी प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी भुटाहा सुनसरीबाट खटिएको प्रहरीले को.१७ प ३६४७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा दासलाई उक्त परिमाणको औषधी सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot