Logo

नेकपा विवादः षड्यन्त्र गरिएको प्रधानमन्त्रीको गुुनासो



काठमाडौं, बैशाख १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ बालुवाटारमा आफू निकटका सांसदहरूसँग अति लचक भएर अध्यादेश फिर्ता गर्दा पनि नैतिकताको कुरा उठाउँदै राजीनामा मागेर षड्यन्त्र गरिएको गुनासो सुनाए ।

‘मेरो भेटघाटको ७० प्रतिशत समय यिनीहरू (नेकपा सचिवालयका नेता) को गुनासो सुन्न र चित्त बुझाउनमै गयो, १० थरी कुरा गरेर मलाई अघि बढ्न पनि दिएनन्,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सांसद महेश बस्नेतले भने, ‘हाइलेभलमा कुरा गर्दागर्दै तपाईंहरूसँग भेट्न पनि पाइएन, अब तपाईंहरूको सुझावअनुसार चल्छु ।’

बस्नेतका अनुसार उक्त छलफलमा उपस्थित अधिकतर सांसदले कत्ति पनि नझुकेर जतिसुकै कडा कदम चाल्नसमेत पछि नपर्न सुझाव दिएका थिए । यता वरिष्ठ नेता माधव नेपाल समूहसँगको छलफलमा कुरा नमिलिरहेको र उता सांसदहरूको आडभरोसा रहेका बेला नेकपा अध्यक्ष ओलीले मंगलबार बोलाउने भनिएको पार्टी सचिवालय बैठकसमेत आह्वान गरेनन् ।कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्