Logo

खल्लो बनेको चिया दिवस !



काठमाडौँ, १७ बैशाख । चिया किसानलाई यतिबेला निल्नु न ओकल्नु भनेझै भएको छ । डरत्रासको बिच चिया टिपेर उचीत मुल्यमा बेच्न नपाए पछि चिया किसान समस्यै समस्या छन् । चिया नटिपौ बोटमै झांगीने डर, टिपौ मुल्य नपाउने पीर ।

यस पटक चिया दिवसमा पनि चिया किसान उद्योगी ब्यवसायी खुसी भएनन् । हरेक बर्ष बैशाख १५ गते राष्ट्रिय चिया दिवस मनाउने गरिएको भए पनि यस पटक खल्लो भएको हो । यस पटकको २४ औं राष्ट्रिय चिया दिवस चियाको राजधानी मानिएको इलामको सूर्योदय नगरपालिकामै मनाईएन । कोराना भाइरस९कोभिड १९०को महामारी पछि गरिएको लकडाउनका कारण समयमा चिया टिपेर बेच्न नपाएका किसानले त चिया दिवसको पत्तै पाएनन् । दुखले चिया टिपेर उद्योगमा पु¥याउने किसानले चियाको मूल्य पाउने नपाउने टुंगो छैन् । कतिपय कारखानाले चिया फर्काई दिन्छन त कतिले जोखेर पछि भेटौला भन्छन् ।

किसानलाई हातलागि केहि पनि छैन । त्यसो त न्यूनतम दैनिक ज्यालादारी , सामाजिक सुरक्षा भत्ता लगायतको माग राखेर मजदुरले गरेको आन्दोलनका कारण गत साल पनि चिया दिवस मनाईएको थिएन । चियाको फस्ट फ्लस(पहिलो टिपाई) गुमाएका किसान र उद्योगी अहिले पनि दोधारमै छन् । एकतिर टिपेको चिया बिकेन , मुल्य पाएनौ भन्ने किसानको गुनासो छ भने अर्को तर्फ लामो समयको बन्दाबन्दीका कारण उद्योगले पेमेन्ट गर्ने अवस्था नरहेको उद्योगीको भनाई छ । सूर्योदय नगरपालिका १० का चिया किसान कमल घिमिरेले चिया टिप्नु बाध्यता भए पनि उपलब्धी शून्य भएको बताएका छन् । घिमिरेले भने ‘ चिया नटिपौ बोटै बिग्रन्छ, टिपेर बेच्न लैजाऔ पैसा पाईदैन ।’

बन्दाबन्दीका कारण समयमा उद्योग संचालन गर्न नपाए पछि उद्योगीलाई समेत किसानलाई भुक्तानी दिन समस्या छ । सूर्योदय टि प्रोडयुसर्स एसोसिएसनका प्रवक्ता बुद्ध तामाङले उद्योग संचालनमा घाटा भएपनि किसानहरुको हितका लागि संचालनको विकल्प नभएको बताउनु भयो । तामाङले भने ‘ बिश्व बजारमा जाने चियाको भविश्य नै सखाप भएको छ , किसानको मात्र हैन , सिंगो चियाको भविश्य के हुन्छ भन्न सकिन्न ।’ नेपाल , भारत , युरोप , अमेरीका अस्ट्रेलीया जस्ता देशमा निर्यात हुने चिया अहिले बगान र गोदाममै हुर्की रहेको छ । किसानले चिया टिपे पनि सबै उद्योगले खरिद गरेर प्रसोधन गर्न सक्ने अवस्था छैन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्