Logo

पढ्ने किताव छैन पीर नगर्नुहोस् निःशुल्क डिजिटल पुस्तकालय छ



काठमाडौँ, १७ वैशाख । देश अहिले बन्दाबन्दी (लकडाउन)मा भएको अवस्थामा भौतिक कक्षा कोठाको विकल्पमा भर्चुअल कक्षा कोठाको सम्भावनाभित्र पस्न खोज्दैछौँ ।

पूर्णतः एकान्तबासको अवस्थामा अनलाइन कक्षा कोठा मात्र होइन, अनलाइन पुस्तकालयको सदुपयोग गरी पनि पठनपाठनको दायरा बढाउन सकिन्छ । बन्दाबन्दीको फुर्सदको समय बिताउन गाह्रो भइरहेको अवस्थामा पनि धेरैलाई ई–लाइब्रेरीहरू सहयोगी बनेका छन् । समय र पैसाको किफायती उपयोगका लागि भर्चुअल लाइब्रेरी धेरैले रोज्न थालेका छन् । इन्टरनेटको पहुँच भएका ठाउँमा गुगलमा खोजी गरेपछि सबै थाहा पाइन्छ भन्ने धेरै युवा पुुस्तालाई थाहा भइसकेको छ ।

अनलाइन लाइब्रेरी यस्तो प्लेटफर्म हो, जहाँ तपाईं डिजिटाइज्ड अक्षरहरूसँग अन्तरक्रिया गर्न सक्नुहुन्छ । कति निःशुल्क त कति शुल्क तिरेर पढ्न सकिने लाइब्रेरीहरू छन् । साहित्य, समाज, विज्ञान, धर्म, संस्कृति, इतिहास, दर्शन, राजनीति जस्ता धेरै विषयका हजारौँ किताब इन्टरनेटबाट निःशुल्क डाउनलोड गरी आफ्नै घरमा कम्प्युटर वा मोबाइलमा पढ्न मिल्ने भएपछि किन लिने पुस्तकालयको चिन्ता रु केही निःशुल्क डिजिटल लाइब्रेरीबारे थाहा पाइराख्दा लकडाउनलाई अध्ययनमय बनाउन सकिन्छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्