Logo

पूर्णचन्द्र थापापछि प्रभुराम शर्मा सेनापति बन्ने टुंगो लाग्यो



काठमाडौं, १७ बैशाख । नेपाली सेनामा भावी सेनापतिको टुंगो लागेको छ । १७ महिनाअघि नै भावी प्रधानसेनापतिको टुंगो लागेको हो ।
उपरथी प्रभुराम शर्मालाई रथीमा बढुवासँगै उनको प्रधानसेनापति हुने बाटो खुलेको छ ।

मन्त्रीपरिषद् बैंठकको वैशाख १४ गतेको निर्णय अनुसार शर्मालाई उपरथीबाट रथीमा बढुवा गरेको हो । उनी आगामी वर्ष २४ भदौबाट सेनाको नेतृत्व सम्हाल्नेछन् ।

सेनामा दुई रथी हुन्छन् । वरियताका रथी (बलाध्यक्ष) गौरव तण्डुल उमेर हदका कारण वैशाख १९ बाट अनिवार्य अवकाश पाउँदै छन् । तण्डुल अहिले अनिवार्य अवकाश अघि बस्नु पर्ने बिदामा छन् । उनको अवकाशपछिको रिक्त पदमा शर्मालाई बढुवा गरिएको हो ।

सेनाका बलाधिकृत रथी रथी शरद गिरीले पनि आगामी असारमा अवकाश पाउनेछन् । त्यो अवस्थामा शर्मा सेनाको सेकेन्डम्यान हुनेछन् । प्रधानसेनापति थापाको तीन वर्षे कार्यकाल २४ भदो २०७८ मा सकिदैछ । त्यसपछि शर्मा प्रधानसेनापति हुने तय भएको छ ।

असारमा रिक्त हुने रथीको अर्को पदमा भने ईश्वर हमालको बढुवा हुने सम्भावना छ । उनी शान्ति सेनामा फोर्स कमाण्डरमा नियुक्त भइसकेका छन् ।

शर्मापछि भने सेनामा को प्रधानसेनापति हुन्छ भन्ने प्रष्ट छैन । उपरथीद्वय अशोक सिग्देल र ताराध्वज पाण्डेलाई त्यसपछिको दाबेदारका रुपमा हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot