काठमाडौं, १७ वैशाख । नेपालमा कोरोना भाइरस तीन नयाँ संक्रमित बारा र पर्साका भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरु तीनैजना दिल्लीबाट फर्किएर सिमरास्थित क्वारेन्टाइनमा बस्दै आएको खुलाइएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितहरु २९ चैत्रमा वीरगञ्जमा संक्रमित भेटिएका तीनजना भारतीय नागरिकसँगै दिल्लीबाट फर्किएका हुन् । छपकैयास्थित मस्जिदमा तीनजना भारतीय नागरिक जमातीहरु संक्रमित भेटिएका थिए । उनीहरु पनि दिल्लीबाट फर्किएका थिए ।
नेपालमा संक्रमितमध्ये दिल्लीबाट फर्किएका जमातीहरु र उनीहरुको सम्पर्कमा पुगेकाहरु बढी रहेका छन् । उनीहरुमध्ये अधिकांश उदयपुरमा भेटिएका थिए ।
आज संक्रमित पर्साका ४६ वर्षीय पुरुष हुन् । बाराका ३१ र ४३ वर्षीय पुरुष हुन् । उनीहरु सीमराको क्वारेन्टाइनमा रहेको अवस्थामा परीक्षणका क्रममा संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । तीनैजनालाई नारायणी अस्पतालमा आइशोलेशनमा राखेर उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।
संक्रमितको सुची
१. पर्सा जिल्लाका ४६ वर्षीय पुरुष । यसअघि पर्साको छपकैयास्थित मस्जिदमा २९ चैत्रमा संक्रमित भेटिएका ३ जना भारतीय नागरिकसँगै नेपाल फर्किएका । १७ वैशाखमा पत्ता लागेको
२. बारा जिल्लाका ३१ वर्षीय पुरुष । यसअघि पर्साको छपकैयास्थित मस्जिदमा २९ चैत्रमा संक्रमित भेटिएका ३ जना भारतीय नागरिकसँगै नेपाल फर्किएका । १७ वैशाखमा पत्ता लागेको
३. बारा जिल्लाका ४३ वर्षीय पुरुष । यसअघि पर्साको छपकैयास्थित मस्जिदमा २९ चैत्रमा संक्रमित भेटिएका ३ जना भारतीय नागरिकसँगै नेपाल फर्किएका । १७ वैशाखमा पत्ता लागेको